www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जामा वल्र्डलिङ्कको सम्पर्क कार्यालय, पाँच मुख्य स्थानमा फ्रि वाईफाई

सुशान्त गाहा मगर,
ताण्डव न्यूज ।

नेपालमा फाईबर मार्फत छुट्टै छबि जमाउन सफल वल्र्डलिङ्क कम्युनिकेशन प्रा.लि ले स्याङ्जाको सदरमुकाममा नयां सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ ।

स्याङ्जा बजार आसपासका नागरिकको मागलाई मध्यनजर गर्दै गुणस्तरिय सेवा दिने उद्देश्य सहित पुतली बजार नगरपालिका –१ मा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो ।

Batas

पुतलीबजार नगरपालिकाका मेयर सिमा क्षेत्रीले शुक्रबार एक कार्यक्रममा बिच सम्पर्क कार्यालयको बिधिगत उद्घाटन गरे । सो अबसरमा बोल्दै मेयर क्षेत्रीले तिब्र गतिको ईन्टरनेटका लागि वल्र्डलिङ्क प्रालिको नयां कार्यालयलाई स्वागत गरे ।

उनले स्थानिय नागरिकहरुलाई गुणस्तरिय सेवा प्रदान गरेर बजार बिस्तार गर्न शुभकामना दिए । उनले ईन्टरनेको माध्ययमबाट बिदेश रहेका जो कोही पनि घरमै बसेर कुरा गर्न मिल्ने तिब्र गतिको नेट सेवा प्रदान गर्न सुझाए ।

‘सम्पर्क कार्यालय स्थापना गर्नु आफैमा राम्रो काम हो, उनले भने, ‘अझ त्यो भन्दा राम्रो कामसेवाग्राहीलाई उचित सेवा सुबिधा दिनु हो र निरन्तर फलो गर्नु हो ।’

प्रालिले नगरपालिका भित्रका मुख्य स्थानहरुमा निशुल्क रुपमा वाईफाई प्रदान गर्ने काम स्वागत योग्य भएको बताउदै आगामी दिनमा स्याङ्जाको पर्यटकिय मुख्य गन्तब्य भालुपहाड र ट्रान्जिट पोईन्ट नौडाँडामा समेत फ्रिवाईफाई प्रदान गरिदिन अनुरोध गरिन् ।

त्यस्तै प्रालिका पोखरा शाखा प्रमुख युसफ श्रेष्ठले स्थलगत अवलोकन र आम नागरिकको चाह अनुसार सेवा बिस्तार गर्न सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको बताए ।उनले गण्डकी प्रदेशमै वल्र्डलिङ्कको अप्टिकल फाईबर सहितको नेट बिस्तार गर्ने लक्ष्य सहित काम गरिरहेको उल्लेख गरे । उनका अनुसार बिभिन्न प्याकेजमा सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

उनले पुतलीबजार नगरपालिकासँग ३ बर्षका लागि ५ मुख्य स्थानमा फ्रिवाईफाईको लागि सम्झौता गरको बताए । ‘एक ब्यक्तिले दिनमा डेढ घण्टा नेट चलाउन पाउनेछ, उनले भने, ‘बिशेषगरी अस्पताल तथा नागरिकहरुको बढि आवागमन हुने स्थान, सरकारी कार्यालयका क्षेत्र तथा पर्यटकिय स्थान लक्षित फ्रिवाईफाई प्रदान गर्दै आएका छौ ।’

मेयरसाबको माग अनुसार केही समय पछि पर्यटकिय क्षेत्र भालुपहाड तथा नौडाँडामा समेत फ्रिवाईफाईको ब्यबस्था गर्नेछौ ।’श्रेष्ठले तत्कालको लागि सहिद चोक, बाडखोला चोक, जिल्ला अस्पताल क्षेत्र, प्रगती नगर र जिल्ला ट्राफिक कार्यालय चोकमा गरि ५ मुख्य स्थानमा फ्रिवाईफाई प्रदान गरेको जानकारी दिए ।

उनले नयाँ जडान गर्दा एक बर्षका लागि नेटटिभी सहितको ओपनिङ प्याकेजलाई १२ हजार ३ सय रुपैया निर्धारण गरिएको बताए । उनका अनुसार सो नेटटिभीमा ८० बढि एचडि च्यानलहरु हेर्न सकिनेछ ।

पोखरा शाखा अन्तर्गत मात्र २० हजार बढि ग्राहकहरु रहको वल्र्डलिङ्क पोखरा शाखाले यस अघि कास्कीको भण्डारढिक, पोखराको बगर, अमरसिंहचोक, राष्ट्रबैंक चोक, स्याङ्जाको वालिङ, तनहुँको दमौली, पर्वतको कुस्मा लगायतका स्थानमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याईसकेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.