www.tandavnews.com
Fact ~ In search of truth

स्वतन्त्रता र मौलिक हकका लागि आवश्यक परे सडक संघर्ष थाल्ने देउवाको चेतावनी

पोखरा ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले टेलिफोन प्रयोगकर्तामाथि गर्न लागेको कडाइप्रति आपत्ति जनाएका छन् ।

सरकारले ल्याउन लागेको दुरसञ्चारसम्बन्धी विद्येयकमार्फत टेलिफोन प्रयोगकर्ता माथि गर्न लागिएको कडाईप्रति देउवाले आपत्ति जनाएका हुन् । ३७ औ वीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रममा देउवाले टेलिफोनबाट गाली बेइज्जती गरे कारबाही गर्ने बहाना बनाएर सरकारले नागरिकको गोपनियताको हकमाथि धावा बोल्न लागेको आरोप समेत लगाए ।

यसैबीच सभापति देउवाले वीपीले स्वतन्त्रता र राष्ट्रियताका लागि ठूलो लडाई लडेको भन्दै केपी ओली नेतृत्वको सरकारले ल्याएका स्वतन्त्रता र मौलिक हक अधिकारविरुद्धको विद्येयक संसदबाट कुनै हालतमा पारित हुन नदिने बताए । उनले आश्यक परे सडकबाट संघर्ष सुरु गर्ने चेतावनी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.