www.tandavnews.com
Fact ~ In search of truth

हङकङको संसदमा नेपालकै जस्ताे लफडा, सांसदहरू कुटाकुट

हङकङको संसदमा सुपुर्दगी कानुनबारे चुलिएको विवादपछि शनिबार सांसदहरुबीच कुटाकुट भएको छ । चीनले आफ्नो शक्ति बढाउने गरी प्रस्ताव गरेको उक्त कानुनको पक्ष र विपक्षमा रहेका सांसदबीच चर्काचर्कपछि हातहालाहाल भएको हो । यो घटनामा धेरै सांसद घाईते छन् । एक जनालाई अस्पताल भर्ना गरिएको छ ।

प्रस्तावित सुपुर्दगी कानुनमा संदिग्ध अपराधीहरुलाई चीनमा सुपुर्दगी गर्नुपर्ने नियमसहितको व्यवस्था छ । सुपुर्दगी सन्धि नगरिकनै चीनमा विदेशीसहितका संदिग्ध अपराधीलाई बेइजिङइतर सांसदहरुले विरोध गर्दै आएका छन् ।

सन १९९७ मा चीनलाई हङकङ हस्तान्तरण गरिदा अभिव्यक्त गरिएको स्वतन्त्रताको प्रतिबद्धतालाई प्रस्तावित कानुनबाट उलंघन हुने भनाई विपक्षीहरुको छ । यो कानुनको पक्षमा बेइजिङ समर्थित सांसद र विपक्षमा प्रजातान्त्रिक समर्थित सांसदहरु रहेका छन् । दुवै पक्षले फरक-फरक रुपमा बहस आयोजना गर्न खोज्दा शनिबार झडप भएको संचार माध्यमहरुले जनाएका छन् ।

Batas
सन १८३९-१८६० सम्म तत्कालीन ग्रेट ब्रिटेन र चीनबीच भएको सैन्य तथा व्यापार युद्धका कारण चीनले हङकङसहितको भू-भाग बेलायतलाई सुम्पेको थियो । सन १८९८ मा ९९ वर्षका लागि लिजमा दिने गरी बेलायतसँग चीनले सहमति गरेको थियो । सन १९९७ मा त्यो समयसीमा सकिएपछि बेलायतले चीनलाई हङकङ फिर्ता गरेको थियो । त्यसपछि चीनको विशेष प्रशासनिक क्षेत्रका रुपमा हङकङ अस्तित्वमा रहेको छ । हङकङलाई नियन्त्रित स्वाधिनता उपलब्ध छ । केहि समय अघि नेपालकाे संसदमा पनि सांसदहरूले ताेडफाेड गरेर हंगमा मच्चाएका थिए ।
एजेन्सी

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.