www.tandavnews.com
Fact ~ In search of truth

हजारको नोटमा अब चितवनका जुम्ल्याहा हात्ती राम लक्ष्मणको तस्वीर

काठमाडौं ।

 

अब एक हजारको नोटमा एक जोर हात्ती हुने भएका छन्।राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले चितवनका जुम्ल्याहा हात्ती राम लक्ष्मणको तस्वीर अंकित नोटको डिजाइन तयार भइसकेको जानकारी दिएको जनाइएको छ ।

सो डिजाइन अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ। नोट छपाइका लागि गरिएको ग्लोबल टेन्डर आह्वानबाट चिनियाँ कम्पनीले जिम्मा पाइसकेको जनाइएको छ।टेन्डरको जिम्मा चिनियाँ कम्पनीले पाएको र अब ३–४ दिनमै सो कम्पनीसँग नोट छपाइको सम्झौता हुने बताइएको छ।

Batas

नोट छपाइको सम्झौता भएको करिब १ वर्षमा नयाँ नोट प्रचलनमा आउने गरेको उनले बताए।अर्को दसैंमा जुम्ल्याहा हात्ती भएको नोट प्रचलनमा आउन सक्ने देखिएको छ ।हाल रहेको हात्ती विदेशी भएको भन्दै कतिपयले आलोचना गरेपछि राष्ट्र बैंकले स्वदेशकै हात्ती अंकित हुनेगरी नयाँ नोट छपाइ गर्ने भएको हो।

चितवन राष्ट्रिय निकुन्जमा भएका रामरलक्ष्मण ८ वर्षका भए।नोट छाप्दा प्रतिनोट ३ रुपैयाँ ३७ पैसा खर्च लाग्ने भएको छ ।३१ करोड थान नोट छपाईका लागि चिनियाँ कम्पनीले जिम्मा पाएको हो। आगामी दसैँअघि नै नोट चलनचल्तीमा आउने सम्भावना रहेको छ । अहिले एउटा मात्रै हात्तीको तस्वीर अंकित एक हजारको नोट प्रचलनमा छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.