www.tandavnews.com
Fact ~ In search of truth

हरेक महिनाको ५ गते पत्रकार भेट्ने पर्वतका सि.डि.ओ

 

संजय रेग्मी ,
पर्वत /  ताण्डव न्यूज

पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले हरेक महिनाको ५ गते स्थानीय पत्रकारहरुसंग अन्तरक्रिया गर्ने भएका छन । प्रशासनिक क्षेत्रमा सुधार गर्ने उद्धेश्यले सञ्चारकर्मीसंग नियमित अन्तरक्रिया गर्न शुरु गरिएको हो ।

Batas

जिल्ला प्रशासन कार्यालय सहित जिल्लाका अन्य सरकारी कार्यालयहरुबाट हुने गरेका सेवा प्रवाहका बारेमा सुझाब लिएर सेवालाई सहज र सुबिधायुक्त बनाउन नियमित रुपमा संचारकर्मीहरुसंग अन्तरक्रिया गर्ने योजना कार्यान्वयनमा ल्याएको प्रजिअ ढकालको भनाई छ । ‘प्रशासन कार्यालय र जिल्ला स्थित सरकारी कार्यालयबाट भैरहेका सेवा प्रवाह, कमी कमजोरी र सुधार गर्न सकिने क्षेत्रका बारेमा सञ्चारकर्मी संग धेरै सुचना हुने भएका कारण अन्तरकृया मार्फत सुझाब र प्रतिकृया बुझ्न थालिएको हो ।’

प्रजिअ ढकालले भने । आफूहरुले सम्पादन गरेका कार्यहरुमा सञ्चारकर्मीले नजिकबाट नियालेका हुने भएकोले सुधार गर्नका लागि सबैभन्दा महत्वपुर्ण सुझाब र सल्लाह पनि संचारकर्मीबाटै प्राप्त हुने भएकाले अन्तरक्रिया शुरु गरेको पनि उनको भनाई छ ।

हरेक महिनाको ५ गते कार्यालय प्रमुखहरुको नियमित बैठक हुने छ । कार्यालय प्रमुखहरुको बैठक बस्नु अघि सञ्चारकर्मीहरुसंग अन्तरकृया गरेपछि कार्यालयहरुको कामकाज र सुधार गर्नुपर्ने बिषयमा निर्देशन दिने योजना प्रमुख जिल्ला अधिकारी ढकालको छ ।

अनुगमन देखावटी, स्थानीय तहमा बजेट दुरुपयोग

जिल्ला प्रशासन कार्यालयमा बुधबार भएको अन्तरक्रियामा बजार अनुगमन गर्ने तर दोषीलाई कारबाही नहुने र सुधारका लागि मात्रै छाड्दा अनुगमन देखावटी मात्र बनेको, प्रदेश मातहतका कार्यालयहरुमा कर्मचारी नखटिएका कारण प्रदेशका योजनाहरु कार्यान्वयन हुन नसकेको लगायतका सुझाव संचारकर्मीले दिएका छन ।

त्यस्तै, स्थानिय तहमा बजेट दुरुपयोग बढेको, सरकारी सवारी साधनको दुरुपयोग हुने गरेको र उपभोक्ता समिति संग मिलेमतो गरि ठुलो रकम भ्रष्टचार हुन थालेकाले पारदर्शीता र जवाफदेहिता बढाउन आवश्यक भएको पनि सञ्चारकर्मीहरुको सुझाब छ ।

अन्तरक्रियामा कार्यालयहरुले सुचना अधिकारी नतोक्ने, आवश्यक परेका सुचनाहरु नदिने गरेको कारण यसलाई पनि प्रभावकारी बनाउन प्रजिअ ढकालसंग सञ्चारकर्मीहरुले आग्रह गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.