www.tandavnews.com
Fact ~ In search of truth

हल्का वर्षाको सम्भावना

काठमाडौँ ।

देशको पहाडी भू–भागमा आंशिक बदली रही एक÷दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति निकालेर देशका पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना औँल्याएको हो । आज पहाडी भेगमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने बाँकी स्थानमा सामान्यतया सफा रहने छ ।

Batas

रातको समयमा पनि पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । भोलि (शुक्रबार )देशको पहाडी भेगमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भेगमा सामान्यतया सफा रहने तथा मङ्सिर ८ गते देशभर मौसम सामान्यतया सफा रहनेछ ।

रातमा आकाश खुला हुने तथा दिउँसोपख मौसम सामान्य बदली हुने क्रम एक÷दुई दिनदेखि जारी रहेकाले काठमाडौँ उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । न्यूनतम तापक्रम स्थिर रहे पनि काठमाडौँमा बिहान र बेलुका बढी चिसो भएको छ । जाडोयाम भएकाले तापक्रममा फेरबदल भई चिसो क्रमशः बढ्दै जाने महाशाखाको भनाइ छ ।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.