www.tandavnews.com
Fact ~ In search of truth

‘हामी नउठे को उठ्छ ?’(भिडियो सहित )

पोखरा,
ताण्डव न्यूज ।
सञ्चारकर्मी प्रभु अधिकारीको प्रस्तुतिमा सरसफाई सम्बन्धी गीत ‘हामी नउठे को उठ्छ ?’ को म्युजिक भिडियो सार्वजानिक गरिएको छ ।

भिडियोलाई मंगलबार पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले सार्वजानिक गरे । गीतकार मन क्षेत्रीको शब्दमा २ वर्ष पहिल्यै तयार भएको गीतको भिडियो बल्ल सार्वजानिक भएको हो । गीतमा पोखराको बढ्दो व्यस्तता सँगै फोहोर मैलाको विषयलाई देखाउन खोजिएको छ । गीतको म्युजिक भिडियो अपिल त्रिपाठीले निर्देशन गरेका छन् । प्रस्तुतकर्ता प्रभु अधिकारीले लामो समयदेखि देखेको सपना बल्ल पूरा भएको सुनाए ।

गीतमा नरजंग गुरुङको संगीत रहेकको छ भने रामभक्त जोजिजु, ईतु जोजिजु, अजुदा थापा, योगेश काजी, आशिष दास, नरजंग गुरुङ, मनोज गुरुङको स्वर रहेको छ । गीतको म्युजिक भिडियोलाई सरोज अधिकारीले छाँयाकन गरेका हुन् । निसान घिमिरेको सम्पादन रहेको छ । भिडियोमा प्रभु अधिकारीसँगै राजनीतिकर्मी नागरिक समाज, कलाकार, पत्रकार, विद्यार्थी लगायतलाई समावेश गरिएको छ ।

Batas

तस्विर : अशोक बस्नेत

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.