www.tandavnews.com
Fact ~ In search of truth

‘हाम्रो वडामा रहेको ठूलो समस्या सुकुम्बासीको हो’

पाेखरा
ताण्डव न्यूज ।

१) हाल कुन योजनामा व्यस्त हुनुहुन्छ ?

अहिलेको कुरा गर्दा म प्रदेश स्तरीयको बसपार्क तिर नै व्यस्त हुन्छु । त्योसँगै खुदी खोलामा दुरुपयोग भएको जमीनलाई माछा पोखरी बनाउने योजनामा लागिरहेका छौ ।

Batas

२) वडा नं ३२ ले सेवाग्राहीहरुलाई कसरी सेवा प्रवाह गर्दै आएको छ ?

हामीले वडामा आउने सबै सेवाग्राहरुको समस्यालाई मध्येनजर गर्दै सेवा प्रवाह गरेका छौ । स्थानीय सरकार आइसकेपछि लगभग सबै कामहरु वडाबाटै हुने हुँदा स्थानीयलाई पनि सहजीकरण भएको महसुश गरेको छु ।

३) जनप्रतिनिधिको रुपमा निर्वाचित हुनुभएको दुई बर्ष बितिसक्यो । वडा विकासका लागि के–के गर्नुभयो ?

हामीले वडा विकासका कुरा गर्दा लगभग दुई महिनाको अन्तरालमा ३० र ३२ जोड्ने झोलुगें पुलको निर्माण ग¥यौ । विभिन्न ठाउँहरुमा सडक निर्माण, सडक नखुलेका ठाउँहरुमा कच्ची बाटाको निर्माण, शिक्षा, स्वास्थ्य, सिँचाइका क्षेत्रहरुमा पनि हामीले विकासका कामहरु गर्दै आएका छौ ।

यस्तै वडा नं ३२ लाई रोजगारको विषयमा अगाडि बढाउने योजनामा लागिरहेका छौ । विकासका लागि प्रत्येक घर, टोलमा पुगेर अनुसन्धान पनि गरिराखेका छौ । यस्तै हाम्रो वडामा रहेको ठूलो समस्या सुकुम्बासीको हो, त्योसँगै ‘सेतो पुर्जा’ अव्यवस्थित बसोबास गर्नेलाई छानबिन गरी रातो पुर्जा दिने निर्णय समेत गरेका छौ । अर्काे धेरै सहकारी हुनु भन्दा एउटै वडामा एउटा बिषयगतको सहकारी चलाउने हिसाबमा पनि हामीले योजना बनाएका छौ ।

४) घोषणापत्रमा दिएअनुसार के–के कामहरु गर्नुभयो ?

हामीले घोषणापत्रमा दिएअनुसार खानेपानीलाई नै फोकस गरेर काम गरेका छौ । त्यसमा पनि ४ वटा भेग छ । जसमा बरोडेमा खानेपानीको समस्याको समाधान भइसकेको छ भने सातमाने र साविक १५ लाई एक घर एक धाराको योजना तयार गरिएको छ । त्यसको लागि प्रदेशले पैसा समेत हालिसकेको छ ।

सिँचाइको कुरामा हाम्रोमा समस्या नै छैन । रुपतालको लागि परियोजना समेत अगाडि बढेको छ । लगभग साढे चार अर्बको कामहरु मौजा सहित सम्पन्न भएको छ । मुख्य सडकको लागि पृथ्वीचोकदेखि थर्पुसम्म महानगरले भने बमोजिम भए ६ लाइन र नभए ४ लाइनको बाटो निर्माण हुने गरी काम गरिएको छ ।

अर्काे शिशुवा हुँदै देउराली पुल जोड्नका लागि प्रदेश स्तरीय टेन्डर समेत तयार गरिसकिएको छ, त्यसको लागि सडक डिभिजनले नै काम गर्छ । जसको लागि २, २ मिटर मापदण्ड छोडेर नाला बनाउने गरी १९ मिटरको सडक बनाउने निर्णय समेत गरिएको छ ।

३२ बाट सेरबेशी जोड्नका लागि प्रदेशले पनि पुल हाल्ने निर्णय गरेको छ भने अर्काे ३० देखि ३२ मा जोड्नका लागि महानगले पुल हाल्ने योजना बनाएको छ । अन्य विकास निर्माणका कामहरु पनि हँुदैछ, त्यसमा अझै ९ वटा पुल निर्माण हुन बाँकी छन् ।

५) महानगरपालिका भएपनि तुलनात्मक रुपमा विकासित भएको देखिदैन नि ?

कुनै पनि वडालाई एकैचोटी विकास गर्छु भनेर हुँदैन । त्यसमा पनि बजेटको कुरा आउँछ, जनताहरुले नै तिरेको रकमबाट बजेटको छुट्टाइएको हुन्छ । यही बजेटले विकास निर्माणका कामहरु गर्ने हो । त्यही अनुसार क्रमशः विकास निर्माणका कामहरु अगाडि बढिरहेको छ ।

विकास निर्माणका लागि फराकिलो क्षेत्रफल र जनसंख्याको आधारमा बजेट विनियोजन गर्नुपर्छ भनेर पटक–पटक हामीले आवाज पनि उठाइरहेका छौ तर कार्यान्वयन हुन सकेको छैन । वडालाई अझै विकास गर्नका लागि प्रदेश सरकार, महानगर, वडासँगै स्थानीयहरुको पनि महात्वपूर्ण भुमिका रहेको हुन्छ ।

६) कृषि क्षेत्रमा वडाले कसरी सेवा प्रवाह गरेको छ ?

वडाले कृषि क्षेत्रका लागि छुट्टै समिति नै गठन गरेको छ । हामीले कृषि क्षेत्रमा लागिरहनु भएका स्थानीयहरुलाई विभिन्न तालिम समेत दिँदै आएका छौ । त्यसमा पनि बाख्रापालन, भैसीपालनसँगै तरकारी खेती गर्ने कृषकहरुका लागि टनेल बनाउने तालिमहरुको पनि व्यवस्था गरेका छौ । त्योसँगै आफ्नो प्राचीन कामलाई निरन्तरता दिने स्थानीयहरुका लागि त्यही अनुसार वडाले तालिमको व्यवस्था गरेको छ ।

७) स्थानीयहरुलाई के भन्न चाहनुहुन्छ ?

स्थानीयहरुलाई मैले के भन्न चाहान्छु भने, तपाईहरु नआत्तिनुहोस सबै कामहरु एकैचोटी गर्न सम्भव छैन । १८, २० बर्ष जनप्रतिनिधि नभइरहँदा कर्मचारीहरुलाई नै गाह्रो भएको थियो । एउटा–एउटा पार्टिबाट आउने र कर्मचारीहरुलाई समेत काम गर्न नदिएको अवस्था थियो तर अहिले कर्मचारी र जनप्रतिनिधि मिलेर विकासका कामहरुलाई अगाडि बढाइरहेका छौ । त्यसकारण स्थानीयहरुले पनि धेरै मिहेनत गर्नुपर्ने छ । अरुको खाडीमा गएर दुःख गर्नुभन्दा आफ्नै ठाउँमा मेहनत गरे वडा विकास हुन समय लाग्दैन ।

प्रस्तुति : विनिता सुनार/ताण्डव न्यूज ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.