www.tandavnews.com
Fact ~ In search of truth

हिउँदमा मकै फलेपछि दंग परे कृषक

संजय रेग्मी ,

पर्वत ताण्डव न्यूज ।

हिउँदको समयमा पनि बारीमा मकै फलेपछि पर्वतको फलेवास नगरपालिकाका कृषकहरु खुसी भएका छन ।

यस अगाडि आप्mनो जीवनमा हिउँदमा पनि मकै फलेको नदेखेका कृषकहरुले हिउँदमा समेत हरिया मकै पोलेर खान पाएपछि दंग परेको बताएका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत मकै जोन कार्यक्रम मार्पmत यस बर्ष परीक्षणको लागि लगाईएको अरुण २ जातको मकैमा राम्रो घोगा लागेपछि कृषकहरुको आकर्षण समेत हिउँदे मकैमा बढेको छ ।

गत भदौमा लगाईएको मकैमा अहिले राम्रो घोगा लागेको कृषक ओमप्रसाद गौडेलले बताए । हिउँदमा पनि मकै फल्ने थाहा पाएपछि यो समयमा लगाउने अन्य नगदे बालीको सट्टामा अर्को बर्षबाट बेमौसमी नगदे बाली मकै लगाउने कृषकहरुको योजना छ । मकै जोन परियोजना पर्वतले पहिलो पटक जिल्लामा हिउँदे मकै लगाएपछि कृषकहरु हर्षित बनेका हुन ।

स्थापनाको तेस्रो वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मुडिकुवाले जिल्लामा पहिलो पटक हिउँदे मकै लगाएको हो । फलेवास नगरपालिकाका ६ ओटा वडालाई समेटेको परियोजनामा आवद्ध कृषकहरुले हिउँदमा पनि मकैमा घोगा लागेपछि यसलाई आर्थिक उपार्जनको अर्को माध्यम बनाउन सकिने बताएका छन । परीक्षणको लागि मुडिकुवाका १५ घरधुरीले ८ रोपनी क्षेत्रफलमा हिउँदे मकै लगाएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.