www.tandavnews.com
Fact ~ In search of truth

हिउँ र असिनाका कारण आलु बालीमा क्षती

पर्वत ,

ताण्डव न्यूज ।

पर्वतको जलजला गाउँपालिकाको उपल्लो भु–भागमा हुरीबतास सँगै परेको असिना पानीले आलु खेतीमा क्षति पुर्याएको छ ।

शुक्रबार साँझ ५ बजेको समयमा परेको असिना पानीले जलजला गाउँपालिकाको बनौ, नाग्लिवाङ, धाइरिङ, शालिजा, लेकफाँट लगायतका वडाहरुको उपल्लो भेगमा आलु खेतीमा क्षति पुगेको हो । झण्डै १ घण्टा लगातार परेको असिना करीब ४ इञ्च बाक्लो गरी परेको थियो ।

माघ १३ गते पहिलोपटक परेको हिउँले आलु खेती फस्टाउने आशामा रहेका कृषकहरु त्यसपछि लगातार हिउँ र पछिल्लो पटक असिना समेत परेपछि समस्यामा परेका छन् । ‘पहिलोपटक हिउँ पर्दा आलु उत्पादन बढ्ने आशा थियो ।’ बनौँका स्थानीय आलु उत्पादक कृषक भिम फकामीले भने, ‘त्यसपछि माघको २४ गते परेको हिउँ र अहिलेको असिनाले आलुलाई ढपक्कै पुरेको छ ।’

पर्वतको उच्च भु भागमा आलुको व्यवसायिक खेती हुँदै आएको छ । आलुको व्यवसायिक खेती गरेका कृषकहरुलाई असिनाका कारण आलु कुहिने चिन्ताले पिरोलेको छ । शुरुमा परेको हिउँले सिंञ्चित हुन नपाएको खेतीका लागि राम्रै फाइदा गरेपनि त्यसपछिको हिउँ र असिनाले खेती नराम्रो सँग प्रभावित हुने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले बताए । हिमपातकै कारण चिसोले आलुका बिरुवा ओइलिएका र असिनाले झनै समस्या बनाएको बनौका अर्का कृषक चक्रबहादुर पुनले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.