www.tandavnews.com
Fact ~ In search of truth

हिमाल पारीका च्याङ्ग्रा पोखरामा, एउटैको ३० हजार बढि

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज ।

 

पोखरा महानगरपालिका हर्न निषेधित क्षेत्र । तर पोखराको उत्तरी नाका तिर यतिबेला सवारी साधनको चर्काे हर्न सुनिन्छ । सवारी चाकलहरुलाई प्रेसर हर्न नबजाई सुखै छैन । सडक किनारमा मात्र नभई बिच भागमा समेत भेडा र च्याङ्ग्राको बथान छन यति बेला । दशैँ मान्न गाउँ फर्कनेको लर्काे पनि उत्तिकै छ । अनि उनीहरुलाई हतार पनि उत्तिकै । गाउँ फर्कने हिन्दु नेपालीको लर्काे र दशैँका लागि पोखरा ल्याईएका च्याङ्ग्राको बथानका कारण पोखरा–बाग्लुङ सडकखण्ड जाम नै हुने गरेको छ ।

पोखराबाट च्याङ्ग्रा खोज्न जानेको उस्तै ताँती उताबाट च्याङ्ग्रा धप्पाउँदै पोखरा आउनेको ताँती उस्तै छ याम्दी पुल आसपासमा । यस क्षेत्रमा अलिकति थप्नुस र अलिकति घटाउनुस भन्दै सडक छेउकुनामा बार्गेनिङ चल्दै छ । यसरी कारोबार हुन थालेको केही दिन मात्र भएको छ र केही दिन सम्म चल्नेछ बार्गेनिङ र सडक जाम ।

Batas

ति सडकहरु च्याङ्ग्राका बथानले ढाकिएका छन । उस्तै हेर्ने र किन्नेको भिड पनि । बिशेष गरी यी च्याङ्ग्राहरु मुस्ताङ, बझाङ, डोल्पा देखी ल्याईएको ब्यापारीहरु बताउँछन ।एक जनाले करिब ३ सय बढि च्याङ्ग्रा बिक्रिका लागि पोखरा ल्याउने गर्दछन । हरेक वर्ष यसको मुख्यमा केही न केही वृद्धि भएको खरिदकर्ताहरु बताउँछन ।

बिशेष गरी दशैँमा च्याङ्ग्राको मासु खाने प्रचलन रहेको बताउँदै च्याङ्ग्रा खरिद गर्न पुगेको केही खरिदकर्ताहरुको भनाई छ । तर पोखरा ३ नदीपुरका फडिन्द्र प्रसाद पौडेल भने लेकको जडिबुटी खाएर हुर्केको हुनाले स्वास्थ्यका लागि फाईदाजनक भएकाले वर्षमा एकपटक ै च्याङ्ग्राको मासु खाने गरेको बताउँछन ।

पोखरामा आईपुग्ने मुस्ताङ, हुम्ला, मुगु, डोल्पा तथा बझाङका च्याङ्ग्राहरु स्याङ्जा, तनहुँ तथा बुटवल सम्म पनि पुग्ने गर्दछ । यस वर्षको मुल्य ३० हजार रुपैयाँ देखी सुरु भएको च्याङ्ग्रा व्यापारीहरु बताउँछन ।

विभिन्न कठिनाई पार गर्दै हप्तौ दिन लगाएर पोखरा भित्राईने उनीहरुको तर्क छ । भेडालाई २० हजार माथि पर्छन भने च्याङ्ग्रालाई ३० हजार बढि पर्ने गरेको छ । तुलनात्मक रुपमा खशी भन्दा खानामा मिठो मात्र नभई स्थास्थ्यबर्दक भएकाले अधिकांशको रोजाईमा वर्षमा एकपटक भएपनि च्याङ्ग्रा पर्ने भएकाले पोखरामा दशैंको समयमा यसको बजार बढ्दै गएको च्याङ्ग्रा व्यापारीहरुको भनाई छ । डोल्पा देखी ४ सय बढि च्याङ्ग्रा ल्याएको बताउदै पोखरा भित्राउन मात्र पनि गाह्रो रहेको तुल बहादुर बुढा बताउँछन ।

कृषि प्रधान देश नेपालको लागि च्याङ्ग्रा व्याबसाय एक राम्रो र भरपर्दाे व्यवसाय बन्न सक्छ । त्यसैले यसको क्षेत्रमा सहजै लगानी गर्ने वातावरण सिर्जना गर्न सरकारी पक्षबाट नीति तथा योजना नै तर्जुमा गर्न सकेको खण्डमा कृषि मार्फत अर्थ तन्त्रमा थप टेवा पुग्ने प्रष्ट देखिन्छ त्यसैले सम्बन्धित निकायले समयमै त्यसतर्फ ध्यान दिन जरुरी देखिन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.