www.tandavnews.com
Fact ~ In search of truth

हिलपोईन्टलाई ‘हिमाअज कप २०१९’ फुटसल प्रतियोगिताको उपाधि

सुशान्त गाहा मगर,

तण्डव न्यूज, पोखरा ।

 

एसटी क्रियशन म्यानेजमेन्ट प्रा.लि र एपी इन्टरटेन्मेन्ट प्रालीद्वारा आयोजित प्रथम कलेज स्तरिय ‘हिमाअज कप २०१९’ फुटसल प्रतियोगिताको उपाधि हिलपोईन्ट बोर्डिङ स्कुलले जितेको छ ।

Batas

पोखराको भाटभटेनी स्थित स्काई स्पोर्टस्मा शनिबार सम्पन्न फाईनल खेलमा पोखरा कलेज अफ म्यानेजमेन्टलाई १–० गोल अन्तरले पराजित गर्दै हिलपोईन्टले उपाधि जितेको हो ।उपाधिसँगै हिलपोईन्ट बोर्डिङ स्कुलले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद २० हजार प्राप्त गर्यो भने उपबिजेता टिम पिसिएमले ट्रफी, मेडल तथा प्रमाणपत्रको साथमा नगद  १० हजारमा चित्त बुझायो ।

प्रतियोगिताको खेल संयोजक अर्जुन पाण्डेले सर्बोत्कृष्ट खेलाडीको रुपमा पिसिएमका सिद्धार्थ रन्जित र हिलपोईन्टका बालासिंङ गुरुङ उत्कृष्ट गोलरक्षको रुपमा घोषित भएको बताउदै ट्रफी सहित जनही १/१ हजार प्रदान गरेको जानकारी दिए । उनका अनुसार ला–ग्राण्डी कलेज अनुशासित टिमको हकदार बन्यो ।

आयोजक एस. टी क्रियशनका प्रबन्धक निर्देशक सुरज थापाले उक्त प्रतियोगितामा ३० कलेजका ३८ टिमको सहभागिता रहेको बताउदै सहभागी सबै टिमका खेलाडीलाई हिमाअज एजुकेशन कन्सल्टेन्सीमा आईएलटिएस कोर्समा ५० प्रतिशत छुट गरिएको बताए ।

उनका अनुसार बिजेता तथा उपबिजेता टिमका खेलाडीलाई भने शत प्रतिशत छुट गरिनेछ साथै मुग्लान रेष्टुरेण्टमा डिनरको ब्यबस्था समेत गरिएको छ ।

बिजेता तथा उपबिजेता टिमलाई प्रतियोगिताको प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्की, एबीसी टेलिभिजनका गण्डकी ब्युरो प्रमुख एबम् नेपाल आदिबासी जनजाति महासँघ गण्डकी (फोनिज) प्रदेशका अध्यक्ष एम. बि आस्था मगर र हिमाअज एजुकेशन कन्सल्टेन्सी पोखराका निर्देशक पुजा पालिखे लगायतले पुरस्कार बितरण गरेका थिए ।

सो अवसरमा बोल्दै कास्की प्रहरी प्रमुख कार्कीले बिजेता टिमलाई बधाई ज्ञापन गर्दै हरेक व्यक्तिलाई स्वस्थ्य रहन खेलकुदले बिशेष मद्दत पुर्याउने बताए ।उनले एक अर्काे कलेजमा अध्ययनरत बिद्यार्थी बिचमा सम्बन्ध सुमधुर बनाउन र सद्भाव बढाउनमा सहयोग पुग्ने बिश्वास समेत ब्यक्त गरेका थिए ।

प्रतियोगिताको फाईनल खेल अगाडी आयोजक र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश बिच भएको मैत्री पुर्ण खेलमा पत्रकार टोली बिजयी भएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.