www.tandavnews.com
Fact ~ In search of truth

हुण्डीबाट कारोबार गर्नेलाई श्रम स्वीकृति नदिने

पोखरा,
ताण्डव न्यूज ।

सरकारले हुण्डीबाट कारोबार गर्नेलाई श्रम स्वीकृति नदिने तयारी गरेको छ ।

पछिल्लो समय अनौपचारिक क्षेत्रबाट पैसा भित्रिने क्रम बढेपछि सरकारले यस्तो तयारी थालेको हो । रेमिट्यान्स आप्रवाहमा लागत खर्च बढी हुँदा हुण्डीबाट पैसा देश भित्रिने क्रम बढेको एक प्रतिवेदनले देखाएको हो ।
प्रतिवेदन अनुसार नेपालमा २ सय डलर पठाउँदा त्यसको साढे ४ प्रतिशत र ५ सय डलर पठाउँदा तीन प्रतिशत लागत लाग्ने हुदाँ हुण्डीको कारोबार बढेको हो ।

विदेशी रोजगारीमा रहेका कामदारले धेरै रकम अनौपचारिक क्षेत्रबाट पठाएको देखिएमा सरकारले अर्को पटक श्रम स्वीकृति दिन नपाउने,विदेश जान नै रोक लगाउन सक्ने व्यवस्था गर्न प्रतिवेदनले सरकारलाई सुझाव दिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.