www.tandavnews.com
Fact ~ In search of truth

हेटौडाको मार्खुमा पहिरोमा परी आमाछोरीको मृत्यु

हेटौडा ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पहिरामा परी दुई जनाको मृत्यु भएको छ । लगातार परेको पानीसँगै आएको पहिराले आइतबार राति इन्द्रसरोवर–१ मा रहेको घर पुरिँदा आमा छोरीको मृत्यु भएको हो ।

पहिरामा पुरिएर मृत्यु हुनेमा मार्खुकी उमेर नखुलेकी कान्छीमाया बलामी र उनकी १८ वर्षीय छोरी बबिता बलामी रहेका छन् । पहिरामा मृतक कान्छीमाया बलामीकी ३८ वर्षीय बुहारी बेली बलामी घाइते भएको जनाइएको छ ।

पहिरामा घर पुरिएपछि बेपत्ता भएका दुई जनाको केहीबेरअघि मात्र शव निकालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले पहिराले पुरिएको अवस्थामा दुवै जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

गएराति नै पहिराले घर पुरे पनि स्थानीय बासिन्दाले बिहान मात्र थाहा पाएका थिए । बिहानपख छिमेकी बलामीकोे घर नदेखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि पहिरामा पुरिएकाको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । यो घटनासँगै मकवानपुरमा बाढीपहिरामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.