www.tandavnews.com
Fact ~ In search of truth

हेम्जाको गौरीशंकर र चाउथे कृषि सहकारी मर्ज

पोखरा ।

पोखराका दुई सहकारी संस्था एकीकरण भएका छन् ।

पोखरा महानगरपालिका–२५, हेम्जास्थित गौरीशंकर बचत तथा ऋण सहकारी संस्था र पोखरा–१४ चाउथेस्थित चाउथे कृषि सहकारी संस्थाले आज यहाँ आयोजित कार्यक्रममा एकापसमा गाभिएको घोषणा गरेका हुन् ।

सरकारले बैंकलाई जस्तै सहकारीलाई पनि एकीकरणमा जान प्रोत्साहन गरेकाले दुवै संस्था एकीकरण भएर संयुक्त कारोवार शुरु गरिएको गौरीशंकरका अध्यक्ष केशवशरण पौडेलले बताए । सरकारी नीति अनुसरण गरेर नै दुई सहकारीलाई कीकरण गरिएको उनको भनाइ थियो ।

चाउथे कृषि सहकारीका अध्यक्ष खड्कबहादुर कार्कीले एकीकरणले पूँजी वृद्धि हुने र दुवै सहकारीका सदस्यलाई फाइदा पुग्ने जानकारी दिए। प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युतप्रसाद ढकालले सहकारी संस्थाहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

कास्की बचत सङ्घका लेखा संयोजक रुद्रनाथ पौडेलले एकीकरणबाट संस्था बलियो भएको धारणा व्यक्त गरे । एकीकरणपछि संस्थाको अध्यक्षमा केशवशरण पौडेललाई चयन गरिएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.