www.tandavnews.com
Fact ~ In search of truth

‘हेयर एण्ड बियोण्ड’ को मेगा हेयर शो

 

काठमाडौँ ।

प्रिमियम हेयर प्रोडक्ट ब्राण्ड स्ट्रिक्स प्रोफेसनलले नेपालमा पहिलो पटक मेगा हेयर शो ‘हेयर एण्ड बियोण्ड’ कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रमले ईच्छुक तथा सहभागी हेयर स्टाईलिस्टहरुलाई कटिङ्ग, कलरिङ्ग र स्टाईलिङ्गको क्षेत्रमा प्रेरणा प्रदान गरेको छ ।

उक्त कार्यक्रममा उपस्थित सहभागीहरुले स्ट्रिक्स प्रोफेसनलका टेक्निकल हेड जावेद हबिब र एग्नस चेनद्वारा हेयर कटिङ्ग, कलरिङ्ग र स्टाईलिङ्ग बारे नवीनतम ट्रेन्ड र प्रविधि सम्बन्धि जानकारी तथा ज्ञान प्राप्त गरेका थिए ।उक्त हेयर शोका सेलिब्रिटी जावेद र एग्नसले स्ट्रिक्स प्रोफेसनलको नवीनतम कलेक्सन ‘मेरिगोल्ड’ का साथ विभिन्न प्रयोगात्मक परीक्षण गरी दर्शकहरुलाई उत्साहित बनाएका थिए ।

स्ट्रिक्स प्रोफेसनलको स्प्रिङ्ग समर कलेक्सनको रुपमा प्रस्तुत मेरिगोल्डमा हेयर स्टाईलिङ्गका लागि चाहिने आकर्षक चमक र सुन्दरता थपिएको छ । गोल्डेन, कपर र ब्लोन्डको शेडहरुमा उपलब्ध यस मेरिगोल्ड कलेक्सनले विवाह र पार्टीको समय तपाईंको व्यक्तित्वमा अझ बढी निखार ल्याउनेछ ।

मेगा हेयर शोको अवसरमा स्ट्रिक्स प्रोफेसनलले नेपाली बजारमा कपाल स्ट्रेट गर्नेका साथै कपाललाई मुलायम र चम्किलो बनाउने उच्चस्तरीय स्ट्रेटनिङ्ग सोलुसन Canvo® Line समेत लन्च गरेको छ । उक्त कार्यक्रममा स्ट्रिक्स प्रोफेसनलका लागि नेपालका सुपरमोडल आस्था पोखरेल र अमित रञ्जनले र्याम्प वाक गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.