www.tandavnews.com
Fact ~ In search of truth

हेल्दि टिफिन बेकरीमा अब पधेरी गुरुङ किचनको स्वाद

ताण्डव न्यूज,  पोखरा ः  अागामी मंसिर २८ गतेदेखि पाेखरामा पधेरी गुरुङ किचन संचालनमा आउने भएको छ । पधेरी हस्पिटालिटि कम्पनि प्राइभेट लिमिटेड द्वारा संचालनमा आउन लागेको किचनको बुधबार पत्रकार सम्मेलन गरि जानकारि दिइएको हो । लोभ हुँदै गएको गुरुङ खानाको प्रमोट गर्ने उदेश्यले पधेरी गुरुङ किचन संचालनमा ल्याएको संचालक दुर्गा प्रसाद आचार्यले बताए ।

‘पश्चिमेलि खानाले हाम्रो नेपाली खानाहरु लोप हुँदै गएको छ,’ उनले भने, ‘हाम्रो नयाँ कन्सेप्टमा ग्राहकहरुको मन जित्ने विश्वास लिएका छौ ।’

चामलको पुवा, सेलरोटी, कोदोको रोटि, पानी रोटि , फुरौला, गुरुङ खाना सेट, खाना साथै मोइ, मुलाको थेबे, पोलेको सुकुटी) दुधको कुराउनी, पहेलो चामलको भात यहाँको विशेष खाना रहेकोे संचालक टेकनसिङ गुरुङले जानकारी दिए ।

Batas

करिब ५० लाख रूपैयाँ बराबरको लगानीमा रहेको यस किचनमा प्राकृतिक दृश्यहरुको कलात्मक सजावटले नेपालीपनको झल्को दिने गरि पधेरो र तगारो निर्माण गरिएको  संचालकले पत्रकार सम्मेलनमा जानकारी गराए ।

यस किचनमा महिला पुरुष गरि १४ जना युवाहरूलाई रोजगार प्रदान गरिएको छ । साथै यस कम्पनी मार्फत निटक भविष्यमा ट्राभल एजिन्सी,होटल र हस्पिटालिटिका सम्पुर्ण सेवाहरु प्रदान गर्ने लक्ष्य लिएको छ । हेल्दि टिफिन बेकरी सगै रहेको गुरुङ किचनले बिहान ७ बजेदेखि साझ ९ बजे सम्म सेवा प्रदान गर्नेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.