www.tandavnews.com
Fact ~ In search of truth

होटलकर्मीलाई सनराइजको वित्तीय साक्षरता

पोखरा ।

सनराइज बैंक लिमिटेडको आयोजना तथा पश्चिमाञ्चल होटल संघ पोखराको समन्वयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम हिजो (शुक्रबार) पोखरामा सम्पन्न भएको छ ।

बैंकको १२ औं वार्षिकोत्सवको अवसरमा आधारभूत लेखा तथा कर नीति विषयमा होटलकर्मी तथा उनीहरुका कर्मचारीका लागि यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बैंकका कर्मचारीको पनि सहभागिता थियो ।

Batas

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एबं संघका अध्यक्ष विकल तुलाचनले सरकारको नयाँ कर नीति, करका दर र ऋण लिंदा अपनाउनु पर्ने तरिका बारे कार्यक्रममा जान्न पाउनु सकारात्मक पक्ष भएको बताए ।

होटलकर्मीलाई कर र लेखा सम्बन्धमा जानकारी गराउने उद्धेश्यले सनराइज बैंकसँग सहकार्य गरी कार्यक्रम समन्वय गरिएको उनले सुनाए ।बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम आयोजना गरेको कार्यक्रमका सभापति एबं बैंकमा चिफ म्यानेजर हरिप्रसाद आचार्यले जानकारी दिए । कर र बैंकको कर्जा नीति बारे सो अवसरमा उनले स्पस्ट पारेका थिए ।

कार्यक्रममा चार्टर्ड एकाउण्टेण्ट निश्चल ढकालले कर र लेखा सम्बन्धमा जानकारी गराएका थिए । भ्याट, पान, आय कर, लेखा प्रणाली, विदेशी मुद्रा विनिमय लगायतका विषयमा पनि उनले स्पस्ट पारे । सो अवसरमा बैंकको गण्डकी प्रदेशका प्रमुख रविन्द्र केसीको पनि उपस्थिती थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.