www.tandavnews.com
Fact ~ In search of truth

अन्तर्राष्ट्रिय ह्याण्डवल खेलमा सहभागि हुने नेपाली टोलीलाई विदाई

पोखरा

अन्तर्राष्ट्रिय ह्याण्डवल खेलमा सहभागि हुन जाने नेपाली टोलीलाई आज (मंगलबार) पोखराबाट विदाई गरिएको छ ।

नेपाल ह्याण्डवल महासंघको युवा लक्षित कार्यक्रम अन्र्तगत यही मार्च १० देखि १५ गतेसम्म पाकिस्तानको फैसलावादमा संचालन हुने आइएचएफ ट्रफीमा सहभागि हुन जान लागेको नेपालीको दुई टिमलाई मंगलबार पोखराबाट बिदाई गरिएको हो ।

Batas

प्रतियोगितामा नेपालबाट १९ बर्ष र २१ बर्ष मुनिका खेलाडीहरु सहभागी हुनेछन् । उक्त टिमको नेतृत्व नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम नेपाल आलेम्पिक कमितीका सदस्य तेजबहादुर गुरुङले गर्ने छन् ।

खेलाडी, प्रशिक्षक र टिमको व्यवस्थापक गरि ४० जनाको टोली बिहीबार हवाइ उडानबाट पाकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ ।

कास्की जिल्ला ह्याण्डवल संघको आयोजनामा भएको विदाई कार्यक्रममा प्रदेश नम्बर ४ का सांसद मोहन रेग्मीले टिमको नेतृत्व गर्ने संघका अध्यक्ष गुरुङ सहित खेलाडीलाई विदाई गर्दै खेलाडीलाई अनुशासित रुपमा खेल्न आग्रह गरे । उनले राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रिय खेल जगतमा माथी उठाउन आफ्नो सशक्त खेल प्रर्दशन गर्न ह्याण्डबल टिम सक्षम हुने विश्वास व्यक्त गरे ।

नेपाल ह्याण्डबल संघका सचिव केशब पाठक, कास्की जिल्ला ह्याण्डबल संघका जिल्ला अध्यक्ष क्याप्टेन जगबहादुर गुरुङ, बरिष्ठ उपाध्यक्ष चित्र थापा, सचिव टेकबहादुर गुरुङ र खेलाडीका अभिभावकहरुले खादा तथा अविर लगाएर विदाई गरेका हुन् ।

सोही अवसरमा राखेप च्याम्पियनसिप अन्र्तगत पुष १९ देखि २२ मा पोखरामा सम्पन्न ९ औं महिला तथा १८ पुरुष राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको समेत उक्त कार्यक्रममा आय–व्यय सार्वजनिक गरिएको छ । कास्की जिल्ला ह्याण्डबल संघका कोषाध्यक्ष इन्द्रबहादुर गुरुङले उक्त प्रतियोगितामा एक लाख १३ हजार ४ सय ९२ रुपैयाँ बचत गर्न सफल रहेको बताए ।

उनले कुल आयको २० लाख ६० हजार २ सय ९५ मध्ये १९ लाख २८ हजार ८ सय ३ रुपैयाँ खर्च भएको र सो बचत मध्ये ९७ हजार दुई सय रुपैयाँ नेपाल ह्याण्डबल संघले र ३४ हजार २ सय ९२ कास्की जिल्ला ह्याण्डबल संघले लिने बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.