www.tandavnews.com
Fact ~ In search of truth

१०५ केजी चरेससहित तीन पक्राउ

धादिङ ।
धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आज बिहान तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए।

पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका–७ का ३५ वर्षीय अनिल चौधरी र विन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह कानु रहेका छन् ।

Batas

उनीहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले गजुरीस्थित पृथ्वीराजमार्गमा जाँचको क्रममा पक्राउ गरेको थियो । यात्रु नभएको बसमा धादिङको पोखरेखोलाबाट सो अवैध प्रतिबन्धित लागुऔषध गाडीमा हालेर ल्याइएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.