www.tandavnews.com
Fact ~ In search of truth

१२ औं हिसान स्पोर्ट्स मिट माघ ३ गते देखी

 

 

पोखरा ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको “१२ औं हिसान कास्की स्पोर्ट्स मिट–२०७५” यहि माघ ३ गते देखि ६ सम्म पोखरा रंगशालामा सुरु हुने हिसान कास्कीले जनाएको छ ।

Batas

हिसान कास्कीका सचिब दिवाकर जैसीका अनुसार स्पोर्ट्स मिटमा बास्केटबल छात्र÷छात्रा, भलिबल छात्र÷छात्रा, टेबुल टेनिस तर्फ सिङल््स, डब्लस छात्र÷छात्रा तथा विश्वविद्यालय समुह (कलेज) अन्तर्गत छात्र÷छात्रा बास्केटबलका प्रतियोगिताहरु आयोजना हुनेछन ।

प्रतियोगिताका प्रचार प्रसार संयोजक एवम हिसान कास्कीका सल्लाहकार रमाकान्त बरालका अनुसार प्रतियोगितामा भलिबल छात्र तर्फ ३१ र छात्रा तर्फ १४ टिमले प्रतिष्पर्धा गर्नेछन भने बास्केटबल तर्फ ३० छात्र तर्फ टिम र छात्रा तर्फ १३ टिमले प्रतिष्पर्धा गर्दैछन । यता विश्वविद्यालय समुह कलेज तर्फ बास्केटबल छात्र÷छात्रा तर्फ समान ४–४ टिम मैदानमा उत्रिने छन ।

हरेक वर्ष आयोजना गरिने हिसान स्पोर्ट्स मिटको मुख्य उद्धेश्य आफ्ना सदस्य विद्यालय÷कलेजहरुमा अध्ययन गर्ने विद्यार्थीहरुका बिचमा आपसी मित्रता अभिवृद्धी गराउने तथा उनीहरुलाई स्वस्थ खेल प्रतिष्पर्धाको अवसर प्रदान गर्ने रहेको अध्यक्ष डा. रामजी शर्माले जनाएका छन ।

हाल कास्कीमा उच्च शिक्षा अध्यापन हुने ६२ विद्यालय र कलेजहरु आवद्ध रहेका छन । संस्थामा आवद्ध ६२ मध्ये ५० भन्दा वढी विद्यालय तथा कलेजहरु ८ हजार विद्यार्थीहरुले स्पोर्टस मिटमा सहभागिता जनाएको सचिब जैसीले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.