www.tandavnews.com
Fact ~ In search of truth

१५ औ लेखनाथ महोत्सवको तयारी तिव्र

लेखनाथ ।

१५ औँ लेखनाथ महोत्सवको तयारी तिव्र पारिएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा यही पुष ५ गते देखि १६ गते सम्म सञ्चालन हुने महोत्सव हुन लागेको हो । महोत्सव लेखनाथको डाडाकोनाक, तालचोकमा सञ्चालन हुनेछ ।
महोत्सव २०७५ को मुख्य प्रायोजक एड्भान्स गु्रपको अरनिको आबु खैरेनी सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि.ले गर्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी र एड्भान्स गु्रपका अध्यक्ष अरुण कर्ण दुवैले महोत्सवको मुख्य प्रायोजक एड्भान्स ग्रुपको अरनिको आबु खैरेनी सिमेन्ट ई.प्रा.लि. रहने गरि एक सम्झौता पत्रमा हस्ताक्षर कार्य सम्पन्न भएको लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।

त्यसैगरि लेउवा संघद्धारा लेखनाथ महोत्सवको तयारी तिब्र गतिमा भईरहेको र महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरुको धमाधम बैठक वसीरहेको प्रचार प्रसार संयोजक एवं संघका उपमहासचिव गोपिचन्द्र बास्तोलाले बताए।
कवि शिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा गरिने खुल्ला कविता प्रतियोगितालाई अझ प्रभावकारी बनाउनका लागि नवराज अधिकारीको संयोजकत्वमा उपसमिति गठन तथा प्रतियोगिता तयारी बैठक बुधबार सम्पन्न भएको छ भने महिला उद्यमी समन्वय उपसमति सभापति मेनुका श्रेष्ठको सभापतित्वमा पनि महिला उद्यमीहरुको बैठक सम्पन्न भएको छ ।

‘महोत्सव लेखनाथको सँस्कृति, स्थानिय उत्पादन, विकास र संमृद्धि’ भन्ने मुल नाराका साथ हुन गईरहेको १५ औं लेखनाथ महोत्सवमा संघसंस्था, आमा तथा महिला समुहलाई बढि भन्दा बढि सक्रिय बनाउनका लागि संयोजक जानुका अधिकारीको संयोजकत्वमा समिति गठन गरि यहि पौष ९ गते आईतबार संघको कार्यालयमा बैठक वस्ने र पौष १५ गते बृहत भेलाको आयोजना गरिने भएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.