www.tandavnews.com
Fact ~ In search of truth

‘२०७६/७७ को बजेटमा सन्तुष्टी छैनौं’

पाेखरा
ताण्डव न्यूज ।

अध्यक्ष ज्यूको दैनिकी कसरी गुज्रिरहेको छ ?

निर्वाचित भएर आएपछि विकास निर्माणका कामहरुलाई मध्येनजर गर्दै हिजो महानगरपालिकामा गर्नुपर्ने कामहरु सहज रुपमा वडाबाटै हुने व्यवस्था मिलाएका छौ । रेडियो, पत्रपत्रिकामा सिंहदरबारको अधिकार वडा–वडामा बनेझँै स्थानीयहरुको अपेक्षा पूरा गर्न महानगरपालिकाले थोरै कन्जुसाई गरेको हो कि भन्ने लागेको छ ।

Batas

यही कुराहरुमा पनि अन्य महानगरपालिका र नगरपालिकामा भने दिइसकेको अवस्था छ । विगत दुई बर्षदेखि अहिलेसम्म आइरहँदा जति योजनका कुराहरु भए त्यो कुराहरु महानगरमा बुझाउन सकिएको थियो । तर अहिले पाचौँ नगरसभा पछि फेरि कुन्ठित भएको हो कि भन्ने लागेको छ ।

हाल कुन –कुन योजनामा व्यस्त हुनुहुन्छ ?

अहिले योजनाका कुराहरु गरिरहँदा लामो समय पोखराबासी र हामी वडा नं ३, ४ र ९ सँग जोडिएको साँघुको मुख पालिखेचोक बीचमा रहेका घरहरुले पैदलयात्री साथै यातायातलाई हिँड्न कठिन भएको थियो । ती घरहरु हटाउन महानगरपालिकासँगको सहकार्यमा संयोजक तोकिएपछि १३ महिनाको अन्तरालमा त्यो काम सम्भव भएको छ ।

त्यो बाटोमा नाला, फुटपाथ व्यवस्थित बनाउनका लागि वडा अझै निरन्तर लागिरहेका छ, अबको केहि दिनमा त्यसले पूर्णता पनि पाउँनेछ । बीचमा केही समय ढिला भएको थियो म यो कुरालाई स्वीकार्न तयार छु, किनकी त्यसमा नेपाल खानेपानी, नेपाल टेलिकम, नेपाल विद्युत प्राविधिकरण, सडक विभाग र महानगरपालिकाको समन्यनकालिन भुमिका नहँुदा काममा ढिलाई भएको हो ।

घोषणा पत्रमा दिएअनुसार काम गर्नु भएको छ कि छैन ?

हामीले वडा २, ४ हुँदै सिधै विरौटासम्म बग्ने नालाको पानीलाई सिदार्थचोकबाट ल्याएर फिर्केको खोलामा डाइर्भसन गरेका छौ । जसले गर्दा पैदलयात्री, स्थानीय र व्यवसाय गर्नेहरुका लागि नाला व्यवस्थापनले सहज भएको छ ।

वडा नं ४ मा रहेको एक मात्र सामुदायिक विद्यालय नविन स्कुलमा बृद्धि विकासका लागि मर्मत सभारदेखि वडामा रहेको शिशु स्याहारलाई समेत विद्यालयमै लगिएको छ, अर्काे योजना अनुसार कक्षा ५ देखि कम्युटर र प्रोजेक्टबाट अध्ययन गराउने कामलाई सुरक्षित तरिकाले छिटो भन्दा छिटो अगाडि बढाएका छौ ।

तर प्रयाप्त जमीन उपलब्ध नभएका कारणले विकास निर्माणमा भने कठिन पर्न गएको छ, छिट्टै कक्षा ५ सम्म भएपनि अंग्रजी माध्यममा पढाउने व्यवस्था समेत वडाको योजनामा रहेको छ । अर्काे योजनामा सिदार्थचोक देखि नालामुखसम्म रहेको पुरानो बजारलाई व्यवस्थित बनाउन हामी पहिलो, दोस्रो बर्षदेखि स्थानीयबासीसँग सहकार्य गर्दै आएका छौ ।

त्यसको लागि थोरै बजेट पनि छुट्टाइएको छ । जसमा पोखराका पुरानो बजारको संरचनालाई बचाइ राख्न त्यस्तो योजना ल्याएका हौ । यस्तै स्थानीयको सहकार्यमा सिद्धार्थचोक देखि नालामुखसम्म नो भेइकल जोन बनाउने समेत हाम्रो योजना रहेको छ ।

वडामा कुन कुन विकास निर्माणका कामहरु गर्नुभयो ?

यो वडा ३३ वटै वडाको सानो वडा हो । ४ नम्बर वडा मौलिक सम्पदा बोकेको भएपनि विकासमा थोरै पछि परेको वडा हो । त्यसकारण हामीले विकास निर्माणका लागि कस्तो थियो भन्दा पनि अब कस्तो हुनुपर्छ भन्ने योजना बनाएका छौ । अबको १ बर्षमा ढल र धुलोरहित बाटो बनाउने लक्ष्य लिएका छौ ।

महानगरपालिकको सहकार्यमा हामीले सिद्धार्थचोक देखि साँघुको पुल पालिखेचोक सम्म फुटपाथ व्यवस्थापन कार्य अघि बढाएका छौ । यसमा वडा नं ९/८ सदस्य रहनेगरी दुवै तिर समायोजन गरि काम तीव्र रुपमा अघि बढेको छ । महेन्द्रपुलदेखि सिदार्थचोक हुँदै बागलुङ हाइवेसम्म हस्पाल कक्रिट गर्ने बनेर टेन्डरमा समेत गइसकेको अवस्था छ, अब हामीले सडक विभागसँग सहकार्य गरेर सडकले के गर्ने, महानगरपालिका र वडाले के गर्ने भनेर हामी छलफलमा जान्छौ ।

महानगरपालिका र वडाहरुले गर्न खाजेका विकास निर्माणमा खानेपानी विभाग, विद्युतप्राविधिकरण, नेपाल टेलिकम, सडक विभाग लगायत कुनै संस्थाले पनि सहकार्य गर्न नखोजेको अवस्था छ । यो चारवटै निकायहरु बनेका केन्द्रिय, स्थानीय सरकार अनुसार चल्ने हुनाले पनि वडाका विकास निर्माणमा अप्ठ्यारो परेको छ ।

वडा नं ४ का समस्याहरु के के छन ?

पार्किङ र फोहोरमैला व्यवस्थापन वडा नं ४ कै सबैभन्दा ठूलो समस्या हो । जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गर्दा २ बर्षमा तीन जना एसपी फेरिनु हुन्छ । यस्तै जिल्ला ट्राफिक कार्यालयको पनि यस्तै अवस्था छ । हामीले एउटा योजना बनाएका हुन्छौ, तर एक बर्ष बित्न नपाउँदै प्रमुख सरुवा भएर जानुहुन्छ फेरि अर्काे आउनुहुन्छ, उहाँलाई सुरुबाट योजनाहरु भन्नुपर्ने हुन्छ ।

त्यसकाणले गर्दा पनि काम समयमै हुन सकेको छैन, मैले दुई बर्षमा लिएको अनुभवमा ट्राफिक व्यवस्थापनसँग गरेको सहकार्यले अझैँ पनि ट्राफिक व्यवस्थापन हुदैन । अर्काे फोहोरमैलाको कुरामा हाम्रो वडा व्यापार व्यवसायीको हिसाबमा अगाडि छ । त्यसमा सटर, घर मात्र नभई अब कोठामा पनि व्यापार गर्ने प्रविधि बढेको छ ।

तर फोहोरमैला व्यवस्थापनको लागि महानगरपालिकाले टाउकोमा टोक लगाएको भरमा नै काम गरेको देखिन्छ । हामीले स्मार्ट सिटी भनिरहँदा यसको फ्लोअपमा जाँदा पहिला के भएको छ, र अब के गर्ने भन्ने कुराको योजना बनाउनु जरुरी छ । स्मार्ट सिटीका लागि महानगरपालिकाले स्वास्थ्य, शिक्षालाई मात्र भएपनि एउटा फर्ममा लैजान सक्ने भए स्मार्ट सिटीको सुरुवात गर्न सकिन्थ्यो ।

वडा बजेटको अवस्था कस्तो छ ? यसमा तपाई कतिको सन्तुष्ट हुनुहुन्छ ?

जुन अहिलेको ७६÷७७ को बजेट छ, त्यसमा हामी सन्तुष्टी छैनौ । महानगरपालिकाले अहिलेको नगरसभाबाटै बहुमतको हिसाबले आफ्नो योजनाहरु पास गराउनु भयो, त्यो रहिरहँदा कहिलेकाहीँ अल्पमतका कुराहरु पनि सुनिदिनु पर्छ । वडामा बसोबास गर्ने सबैको अपेक्षा भनेको विकास हो, यहाँको स्थानीयहरुको आधारमा नै वडाबाट विकास निर्माणका योजनाहरु महानगरपालिकामा जान्छ ।

वडाको बजेटमा ६५ प्रतिशत विकासमा राख्नुपर्नेछ, १५ प्रतिशत मर्मत सम्भार र २० प्रतिशत सामाजिक विकास, आर्थिक विकास र अन्य विकासगरी ५/५ प्रतिशतमा छुट्टाइएको हुन्छ, तर महानगरपालिले हामीले दिएको योजनालाई बाहिर राखेर आफ्नो ढंगले योजनाहरु बनाएको छ ।

अबको तीन बर्षमा वडा नं ४ लाई कुन स्तरमा देख्न सकिन्छ ?

जुन अहिले गरिरहेको कामको स्पीड छ हामीलाई महानगरपालिकाले काम गरेको मुल्याङ्कन हेरेर काम गर्ने वातावरण रह्यो भने अबको तीन बर्ष भित्रमा शिक्षा, स्वास्थ्य, र फरक ढंगको वडा देखाउन सक्छु भन्ने मैले महशुस गरेको छु ।

त्यसैले हामीले वडा नं ४ मा प्रवेश गरिसकेपछि ‘ग्रीन सिटी, क्लिन सिटी’ बनाउन अभियान चलाएका छौ । यस बर्ष हामीले ४ सय बिरुवा रोप्ने योजना गरेका छौ भने, अघिल्लो बर्ष ५० वटा बिरुवा रोपेका थियौ ।

प्रस्तुती : बिनिता सुनार

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.