www.tandavnews.com
Fact ~ In search of truth

२२ तले धरहराको प्रधानमन्त्रीद्धारा शिलान्यास

 

 

पोखरा ,
ताण्डव न्यूज ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट भत्किएको धरहरा पुननिर्माणको शिलान्यास गरिएको छ ।

Batas

काठमाडौंको सुन्धारामा बिहीबार आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुननिर्माणको शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा ‘मेरो धरहरा मै बनाउँछु’ अभियान नै सुरु गरे पनि पुननिर्माण भने सुरु हुन सकेको थिएन ।

अभियानको झण्डै चार वर्षपछि प्रधानमन्त्री ओलीले नै पुनर्निर्माणको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशिल ज्ञवाली काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत उपस्थित थिए ।

भुइँचालोले भत्काएको धरहरा ९ तले थियो भने अब बन्ने नयाँ धरहरा २२ तले बन्नेछ। यसको उचाइ करिब ७७ मिटर हुनेछ। नयाँ धरहरा पुरानोभन्दा शहिदगेटतिर १० मिटर अगाडि बन्नेछ। नयाँ धरहराको स्वरूप क्षतिग्रस्त धरहराको जस्तै भएपनि मोटाइ भने पहिलेको भन्दा बढी हुनेछ।

तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.