www.tandavnews.com
Fact ~ In search of truth

२ सय ४८ वटा सरकारी भवन पुनःनिर्माण

काठमाडौँ ।

भूकम्पले भत्किएका २४८ सरकारी भवन पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पले क्षति पुगेका ४१५ सरकारी भवन बनाउनु पर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार १४५ भवन पुनःनिर्माण भइरहेको छ । २२ भवन पुनःनिर्माण गर्न बाँकी रहेको प्राधिकरणले तीन वर्षे अवधिमा गरेको प्रगति विवरणमा उल्लेख छ ।हालसम्म ६० प्रतिशत सरकारी भवन पुनःनिर्माण सम्पन्न भएकामा चालु आर्थिक वर्षको अन्त्यसम्ममा ७५ प्रतिशत पूरा गर्ने लक्ष्य रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

आर्थिक वर्ष २०७६÷७७ मा ९० प्रतिशत पुनःनिर्माण सक्ने लक्ष्य छ । आव २०७७÷७८ मा ४१५ वटै सरकारी भवनको पुनःनिर्माण सकिने उनले बताए । भूकम्पले १६२ सरकारी भवनमा पूर्ण र २५३ मा आंशिक क्षति पुगेको थियो ।

सुरक्षा निकायका सय भवन पुनःनिर्माण सम्पन्न

सुरक्षा निकायका ३८३ भवन पुनःनिर्माण गर्नुपर्नेमा हालसम्म १ सय ३ वटा भवन सम्पन्न भएको छ भने १सय २ भवन पुनःनिर्माण भइरहेको प्राधिकरणले जनाएको छ । सुरक्षा निकायका १ सय ७८ भवन बनाउन बाँकी रहेको जनाइएको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म सुरक्षा निकायका ६० प्रतिशत भवन पुनःनिर्माण गरिसक्ने लक्ष्य छ । आर्थिक वर्ष २०७६÷७७ मा ९५ प्रतिशत पुनःनिर्माण सकिने कार्ययोजना छ । आर्थिक वर्ष २०७७÷७८ मा ३८३ अर्थात् शतप्रतिशत सुरक्षा निकायका भवनको पुनःनिर्माण सक्ने प्राधिकरणले जनाएको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.