www.tandavnews.com
Fact ~ In search of truth

३५ दिने ग्रामीण पशु स्वास्थ्य कार्याकता तालिम सम्पन्न 

पोखरा
ताण्डव न्युज ।
महिलालाई व्यवसायिक पशुपालनमा आकर्षित गर्ने र पशु स्वास्थ्यको बारेमा जानकारी दिने उदेश्यका साथ सुरु भएको ३५ दिने तालीम सम्पन्न भएको छ । पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको आयोजना र हेफर प्रोजेक्ट नेपालको सहयोगमा कास्कीको आर्वामा सञ्चालन भएको ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम सम्पन्न भएको हो ।

उक्त तालीममा देशका विभिन्न जिल्ला महोत्तरी,नवलपरासी, सुर्खेत, प्युठान ,गुल्मी , अर्घाखाची गरि विभिन्न जिल्लाका १९ जना महिला सहभागिता रहेको तालीमका संयोजक भरत पोखरेलले जानकारी दिए । तालीममा प्रशिक्षक डा.बिदुर पाख्रिन भरत पोखरेलले पशुमा लाग्ने रोग ,ब्यबस्थापन र रोकथामका चुनौती र अवसरहरु, पशु स्वास्थ्यको क्षेत्रमा महिलाहरुको भूमिकाको बारे सहजीकरण गरेका थिए ।

तालीमको समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी, पशु पन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.मन बहादुर पुनले तालिम लिनको लागि मात्र नभएर आत्मविश्वाश बढाउनका लागि भएको बताए । त्यस्तै कार्यक्रम अध्यक्ष तथा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका पशु चिकित्सक डा. निरन अधिकारीले तालीमले गाउँगाउँमा पशुपालन क्षेत्रमा विज्ञहरु जन्मने विश्वास ब्यक्त गरे ।

Batas

त्यस्तै आयोजक संस्थाका कार्यकारी निर्देशक डा.विदुर पाख्रीनले तालीम पछि गाउँगाउँमा हुने पशुस्वास्थ्यका समस्याहरु विस्तारै हट्दै जाने विश्वास ब्यक्त गरे । हेफर नेपालका बरिष्ठ ब्यबस्थापक भोला शंकर शेष्ठ सहभागीहरू प्रत्यक्ष सम्पर्कमा रहेका काम गरे मात्रै तालिम बाट सफल हुन सकिने सल्लाह दिएको तालीम संयोजक पोखरेलले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.