www.tandavnews.com
Fact ~ In search of truth

३ सय ६० थान लागुऔषध सहित पोखराबाट ३ जना पक्राउ

पोखरा ,
ताण्डव न्यूज ।

पोखरामा लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं १० बुद्धचोकबाट ३ सय ६० थान लागू औषध सहित ३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। पक्राउ पर्नेमा पोखरा –१० रामघाट बस्ने ३२ वर्षीय विश्वास गुरुङ,रुपन्देही जिल्ला कोटहीमाई गाउँपालिका –२ बस्ने वर्ष २४ का विनय चौधरी भनिने चन्द्रकान्त थारु चौधरी र पोखरा –९ शिवटोलमा बस्ने २५ वर्षीय आषिश श्रीपाली रहेको प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्रमान गुरुङले बताए ।
लागु औषध ओसार प्रसार भईरहेको गोप्य सुचनाको आधारमा सादा पोशाकमा खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट झोलामा लुकाई छिपाई रहेको अवस्थामा नर्फिन १२० थान, फेनारागन १२० र डाईजापाम १२० थान गरी जम्मा ३ सय ६० थान लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरु माथि लागू औषध मुद्धामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.