www.tandavnews.com
Fact ~ In search of truth

६ वर्षे वालकले गाए तीज गीत, भन्छन, ‘मामा घर नगएत मान्दै मान्दिन्’

पोखरा,
ताण्डव न्यूज ।

सानो बालकको तीजमा मामा घर जाने इच्छा । आमाको बरालिएको मन र बाबुको परिवार सुखी र खुशी बनाउने चाहना । यी र यस्तै परिवेशमा घुमेको तीज गीतको नाम हो, ‘चरित्रहिन’ । सोही तीज गीतबाट बालकलाकार अनुरोध सुवेदीले आवाजमा डेब्यू गरेका छन् । ६ वर्षे सुवेदीले छोराकै भूमिकामा गीत गाएका छन् । उनको आवाजले गीतलाई पूर्ण बनाएको छ ।

तीज गीत चरित्रहिन गायक कृष्ण सुवेदीले बजारमा ल्याएका हुन् । सुवेदीले आफ्नै छोरा अनुरोधलाई गीत गाउन लगाएका थिए । ‘गीतको कथामा बालकलाकार पनि चाहिएको हुँदा छोराको आवाज राखेको हो,’ उनले भने । शिव अखेलीको शब्दमा तयार भएको गीतको भाका गायक स्वयम सुवेदीले बनाएका हुन् । सुवेदीलाई बालआवाज अनुरोध सुवेदीसँगै महिला आवाजमा शर्मिला गुरुङले साथ दिएकी छन् ।

गीतलाई कृष्ण विकले एरेन्ज गरेका हुन् । गीतमा समाजको यर्थाथ छ । कतिपय परदेशीएका दाजुभाईको वास्तविकता छ । गीतमा श्रीमान विदेश गएपछि छोरा पढाउने बहानामा सहर झरेकी श्रीमतीको मात्तिएको बैंशलाई छल्याइएको छ ।

गायक सुवेदीले नै निर्देशन गरेको म्युजिक भिडियोमा आशिरप्रताप जंग, पवित्रा सुवेदी, केशव कडेल र अनुरोध सुवेदीको अभिनय देख्न सकिन्छ । भिडियोलाई हरिष महराले खिचेका छन भने विष्णु शर्माले सम्पादन गरेका छन् । गीतको भिडियो गायक सुवेदीको अफिसियल युटुव च्यानलबाट सार्वजानिक गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.