www.tandavnews.com
Fact ~ In search of truth

७५ लाख लागतमा गोरखामा अपाङ्गतामैत्री विद्यालय भवन

गोरखा ।

गोरखा नगरपालिका–३ नारेश्वरमा करीब ७५ लाख रुपैयाँ बराबरको लागतमा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण भएको छ ।

भूकम्पले क्षति पुर्याएको विन्ध्यावासिनी माध्यामिक विद्यालयको नवःनिर्मित भवन अपाङ्गतामैत्री बनेको हो । कूल ७५ लाख ४६ हजारका लागतमा भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वनय एकाइ (शिक्षा)का प्रमुख रामप्रसाद आचार्यले जानकारी दिए ।

Batas

फरक क्षमता भएका बालबालिकासमेत पठनपाठन गर्दै आएको उक्त विद्यालयमा भवन अभावका कारण विद्यार्थीलाई समस्या हुँदै आएको थियो । पाँचकोठे अपाङ्गतामैत्री भवन निर्माण भएसँगै उक्त विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई पनि अध्ययनका लागि सजिलो भएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टीकाराम बस्नेतले बताए ।

विद्यालयले उनीहरुलाई आवासीय सुविधासहित पठनपाठनको व्यवस्थापन गर्दै आएको छ । भवन निर्माणका लागि आइएनएफ नामक गैरसरकारी संस्थाले सहयोग गरेको थियो । २०७२ सालको विनाशकारी गोरखा भूकम्पले विद्यालयको भवन पूर्णरुपमा क्षति भएपछि उक्त संस्थाले सो विद्यालय भवन निर्माण गरिदिएको हो । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.