www.tandavnews.com
Fact ~ In search of truth

१७औं आहा रारा गोल्ड कप : खेलको मज्जासँगै सामाजिक उत्तरदायित्व पनि

पोखरा
ताण्डव न्यूज ।

क्याराभान गोल्डकपदेखि सुरु भएको फुटबलको यो यात्राले १८ वर्षसम्म निरन्तर पाइला चालिरहेको छ । आहा रारा जोडिएपछिको भने यो १७ औं संस्करण हो । यो अवधिमा हामीले पोखरालाई फुटबलको पर्यायवाचीको रुपमा स्थापित गर्न केही हदसम्म सफल भयौँ कि जस्तो पनि लाग्छ ।

टुर्नामेन्ट सुरु गर्दैगर्दाका वर्षहरुमा फुटबल सुस्ताएको थियो । त्यस्तो अवस्थामा हामीले यसलाई अगाडि बढाउने जमर्को गरेका थियौं । निश्चय पनि आरोह अवरोह आए । बग्रेल्ती चुनौति थिए । ती चुनौतिलाई पार गर्दै आयौं । पहिलोबाट आजसम्म आइपुग्दा खेललाई परिस्कृत अनि व्यवस्थित गर्दै यो अवस्थामा ल्याइपु¥याएका छौं ।

Batas

हामीलाई के लाग्यो भने, खेलाडीहरुलाई मैदानमा खेलाएर विजेता गराएर मात्रै त भएन । खेलाडी पनि उत्पादन गर्नुपर्छ भन्ने हेतुले साहारा एकेडेमी सञ्चालनमा ल्यायौं । जहाँ अहिले कठिन परिस्थिति एवं विपन्न वर्गका बालबालिकाहरु छन् ।

साहारा क्लबले सञ्चालन गरेको एकेडेमिलाई सबैले साथ सहयोग दिइरहनुभएको छ । एकेडेमी सहयोगार्थ हामीले यो फुटबल टुर्नामेन्ट आयोजना गर्दै आएका छौं । दर्शकहरुको माया अपार छ ।

दर्शकले कहिल्यै पनि यो टुर्नामेन्ट सहाराको मात्रै हो भन्ने सोच्नुभएको छैन् । एकेडेमीप्रति सहारामात्रै उत्तरदायी छ भन्ने सोच्नुभएको छैन ।
यसप्रति हाम्रो पनि उद्देश्य हो भन्ने सोचिदिएकै कारण पनि यो टुर्नामेन्ट यहाँसम्म आएको हो । उहाँहरुले साथ नदिएको भए यो टुर्नामेन्ट यहाँ सम्म आउँथेन । सबैबाट सहयोग छ ।

अहिर प्यारापिट भत्किएर उजाड छ । स्काफोल्डिङमार्फत अस्थाई प्यारापिट बनाएर दर्शकलाई खेल सहजताका साथ हेर्ने वातावरण तयार गरेका छौं । केही असहजता त होला ।

तर हामीले आफ्नोतर्फबाट खेलको मज्जा लिन सक्दो अनुकुल वातावरण तयार पार्ने कोशिस गरेका छौं । हामी के मा आशावादी छौं भने, भौतिक पूर्वाधारले केही कठिनाई भए पनि अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष दर्शकहरुको अझ उल्लेखनीय उपस्थिति रहनेछ ।

हामीले केही हदसम्म भएपनि आफ्नो उद्देश्य अनुसारको लक्ष्य प्राप्त भइरहेको छ भन्ने ठानेका छौं । जसको कारण दर्शक नै हुन् । यसकारण पनि दर्शकहरुको उपस्थिति अति महत्वपूर्ण छ ।

आहा रारा गोल्ड कप क्रेज 

विश्वकै लोकप्रिय खेल हो, फुटबल । सरकारी तवरबाट केही गर्न खोजिएपनि नेपालको फुटबल हेर्ने निकाय अखिल नेपाल फुटबल संघ विवादित हुँदा असर पर्छ नै । तर पनि फुटबलप्रति नेपालीहरुको क्रेज भने घटेको छैन ।

यो दावी यसकारण पनि गर्न सकिन्छ कि, आहा रारा गोल्ड कपबारे हामीलाई देशदेखि विदेशमा रहनुभएकाहरुले समेत चासो व्यक्त गर्नुहुन्छ । फोन गरेर, सामाजिक सञ्जालमार्फत टुर्नामेन्टबारे जिज्ञासा राख्नेहरु पनि हुनुहुन्छ । खेल कहिले छ ? हामी आउँछौं भन्नुहुन्छ । र, आहा रारा गोल्ड कप हेर्नकै लागि देशका विभिन्न सहरहरुबाट फुटबलप्रेमीहरु पोखरा आएको अवस्था पनि छ ।

एन्फाले हामीलाई १० दिनको समय दिएको छ । १० दिनमा १० टिमले सहभागी जनाउने छन् । म्याच भने ९ दिन हुनेछ ।

देश विदेशमा रहेका सम्पूर्ण खेलप्रेमी एवं फुटबलप्रेमीहरुलाई सुन्दर नगरी पोखरास्थित पोखरा रंगशाला आएर आहा रारा गोल्डकप अवलोकन गरिदिनुहुन अनुरोध गर्दछौं । पुनः दोहो¥याए, दर्शकका लागि यस गोल्ड कप खेलको मज्जासँगै सामाजिक उत्तरदायित्व पनि हो ।

प्रस्तुती : माधव भुसाल

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.