www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा टीभीएस जुपिटर क्लासिक स्कूटरको विक्री सुरु

पोखरा
ताण्डव संवाददाता ।

नेपालकालागि आधिकारीक विक्रेता जगदम्बा मोटर्सले टीभीएस जुपिटर क्लासिक स्कूटरको प्रदेश नम्बर ४ को राजधानी पोखरामा विक्री वितरण शुभारम्भ गरेको छ ।

बुधबार पोखराको सभागृह हलमा एक कार्यक्रमकाबीच स्कूटरको ब्राण्ड एमबेस्डर नायक आयुष्मान जोशी र नायिका प्रियंका कार्कीले विक्री वितरण सुरु गरे ।

Batas

११० सीसी इन्जिन क्षमताको उक्त स्कूटर होल आल्मूनियम बडीमा निर्माण गरिएको छ । सुपेरियर एक्सीलेरेशन र उच्चतम फ्यूल इफिसेन्सी विशेषतासहित बजारमा ल्याइएको स्कूटरको लक्षित ग्राहक युवावर्ग नै रहेका छन् ।

स्कूटरमा जडित म्यानूअल इको मिटरले इको मोड र पावर मोड दुवै अवस्थामा चलाउन सकिने हुँदापनि यसले सुविधायुक्त सेवाप्रदान गर्ने कम्पनीको दाबी छ ।

आकर्षक टीभीएस जुपिटर क्लासिक स्कूटरमा सनलाइट बडी कलर, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, यूएसबी चार्जर सहित आरामदायी दुई जना बस्न मिल्ने सिट सहितको विशेषता छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.