ताण्डव संवाददाता ।
पोखराको पस्र्याङमा बुधबार राती पार्किङमा राखिएको गाडिमा तोडफोड भएको छ।
अज्ञात समूहले राती पार्किङमा राखिएका ग १ ख ६३४८ नम्बरको विन्ध्यवासिनी यातायात, पोखरा बस समितिको ग १ ख ६८०० बस, ग २ च ६६६ को बोलेरो जीप र एउटा नीजि कार क्षति पु¥याएका छन् । समूहले गाडिको अगाडि पछाडिको शिशा फुटाएका छन् ।

गाडि तोडफोड भएको जानकारी पाएलगत्तै पुगेका वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा इन्पेक्टर वसन्तकुमार शर्माले तोडफोड कसले गरेको भन्ने बारेमा अनुसन्धान भइरहेको बताए ।
‘राति करिब १२, १ बजे तिर अज्ञात समूहले तोडफोड गरेको हुनुपर्छ,’ उनले भने, ‘कस्ले गरेको हो भन्ने खुलेको छैन्, अनुसन्धान जारी छ ।’
तस्विर : सुरज हजारे दाहाल
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.