www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा सवारी चालकको आँखा परीक्षण गरिने

पोखरा(रासस)

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ ।

हिमालयन आँखा अस्पताल, घारीपाटन, पोखराको रजतमहोत्सव एवं लायन्स क्लब अन्तर्राष्ट्रियको सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा फागुन १३ गते हुने शिविरमा आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिने बिहीबार यहाँ आयोजित छलफल कार्यक्रममा जानकारी दिइयो ।

Batas

पश्चिमाञ्चल सामुदायिक अस्पताल पृथ्वीचोकमा हुने शिविरमा पोखरास्थित विभिन्न आठवटा लायन्स क्लबको आयोजना तथा आँखा अस्पतालको प्राविधिक सहयोग रहने कार्यक्रम संयोजक विनोद ढुंगानाले जानकारी दिनुभयो ।

हिमालयन आँखा अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट इन्द्र महर्जनले चालक अनुमतिपत्र लिँदा र नवीकरणमा आँखा परीक्षणलाई कडाइका साथ लागू गर्ने हो भने दुर्घटनामा केही हदसम्म भएपनि कमी आउने बताउनुभयो ।

यस क्षेत्रमा लामो र छोटो दूरीका लगभग चार हजार सार्वजनिक यातायातका साधन तथा आठ हजार चालक र सहचालकमार्पmत सर्वसाधारणलाई सेवा प्रदान गर्दै आएको गण्डकी धौलागिरि यातायात समन्वय समितिका अध्यक्ष पद्मबहादुर केसीले जानकारी दिनुभयो ।
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.