www.tandavnews.com
Fact ~ In search of truth

वीरेठाँटीमा फाल्गुण पूर्णिमा मेला हुने

पोखरा ।

विरेठाँटी युवा परिवार अन्नपूर्ण गाउँपालिका–८ कास्कीको आयोजनामा फाल्गुण पूर्णिमा मेला–२०७४ हुने भएको छ ।

विरेठाँटी माविको प्राङ्गणमा हुने मेला फागुन १७ देखि २१ गते सम्म चल्ने छ । खेलकुदको पहुँचबाट वन्चित भएका युवाहरुलाई विभिन्न खेलकुदमा संलग्न गरी उनीहरुको अन्तरनिहित कला तथा क्षमतलाई प्रस्फुटन गराउनुको साथै

Batas

साँस्कृतिक संरक्षण र प्रवद्र्धनमा युवाहरुलाई ध्यान केन्द्रीत गराउने उद्देश्यले मेलाको अयोजना गरीएको वीरेठाँटी युवा परिवारका प्रमुख सल्लाहकार देवेन्द्रकुमार शेरचनले जानकारी दिए । मेलामा पुरुष भलिवल प्रतियोगिता, महिला भलिवल प्रतियोगिता, छेलो हान्ने, रसि तान्ने प्रतियोगिता रहेको मेलाका संयोजक टेकबहादुर गुरुङले जानकारी दिए ।

पुरुष भलिवल तर्फ प्रदेश नं. ४ मा रहेका गाउँपालिका अन्तर्गत वडा स्तरीय र महिला भलिवल क्लब स्तरिय गरिएको गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा एक वडा बाट दुई टिम सम्म सहभागि हुन पाउने छन् ।

प्रतियोगितामा पुरुष भलिवल तर्फ प्रथम हुने टिमलाई एक लाख एक सय ११ रुपैयाँ, दोस्रो हुनेलाई ५० हजार पाँच सय पाँच रुपैयाँ, तेस्रो हुनेलाई २० हजार दुई सय २० रुपैयाँ र साथमा प्रमाण पत्र, मेडल शिल्ड पाउनेछन् ।
महिला भलिवल तर्फ प्रथम हुनेलाई २१ हजार एक सय २१ रुपैयाँ, दोस्रो हुनेलाई ११ हजार एक सय ११ रुपैयाँ साथमा प्रमाण पत्र, मेडल र शिल्ड रहेको छ ।

छेलो हान्ने तर्फ प्रथम र द्धितियलाई फेता, भाङ्ग्रा प्रमाण– पत्र रहेको छ भने रसि तान्नेमा प्रथम हुनेलाई जंगी भाले, प्रमाण–पत्र र दोस्रो हुनेलाई भाले प्रमाण–पत्र रहेको वीरेठाँटी युवा परिवारका सचिव अतित गुरुङले जानकारी दिए ।

मेलाको आकर्षणका रुपमा ख्याती प्राप्त कलाकारहरुद्धारा लोकदोहोरी गीत तथा विविध साँस्कृतिक कार्यक्रम साथै चर्चित हाँस्य कलाकारद्धारा मनोरञ्जनात्मक कार्यक्रम रहेको छ । मेला सम्पन्न गर्नका लागि करिव १६ लाख २० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.