पोखरा
ताण्डव संवाददाता
पोखरा लेखनाथ महानगरपालिका–२१ मा बाटो स्तरोन्नती हुँदैछ । तर कृष्ती निर्मलपोखरी र भरतपोखरी जोड्ने सडकको नाला बनाउने काममा चरम लापरवाही भएको स्थानीयले गुनासो गरेका छन् ।
तस्बिरमा देखाइएको जस्तै बिना सोलिङ र रडको प्रयोग बिनानै गुणस्तरहिन नालि बनाइएको भनी स्थानीयले आवाज उठाउन थालेका छन् । वल्र्ड बैंकको प्रोजेक्टमा जिल्ला इन्जिरियरले कुनै चासो नदिदा आर्थिक चलखेल भएको हुन सक्ने स्थानीयले आरोप लगाएका छन् ।

यसरी बनाउँदा पहिलो वर्षायाममा नै नाली काम नलाग्ने एक इन्जिनियरले नाम नखुलाउने शर्तमा बताए । ‘यो नालि एक वर्ष भन्दा टिक्दैन्,’ उनले भने, ‘प्राविधिक हिसाबले हेर्ने हो भने कि सोलिङ गरेर या रड विछ्याएर ढलान गर्नु पर्ने हो ।’ जिल्लाबाट प्राविधिक टोलीले यसमा ध्यान नदिएको हुनाले लापरवाही भएको उनको भनाइ थियो ।
नाली निर्माणमा चरम लापरवाही भएको ड्रिम युथ क्लबका अध्यक्ष प्रविण गिरीले बताए । ‘हामीले प्रमुख जिल्ला इन्जिनियर नारायण बराललाई सम्पर्क गर्दा उनले यसरी गरेको ढलान दीर्घकालीन हुने दाबी गरे,’ उनले भने, ‘तर यसरी गरिएको ढलान लाग्दैन, हामीलाई यस सम्बन्धी काम गरेको अनुभव छ ।’ बरालले झारा टार्नको लागि काम गरेको आरोप उनले लगाए ।
यसरी ढलान गर्दा नाली दीर्घकालीन नहुने पोखरा–२१ का वडा अध्यक्ष खगराज आचार्य बताए । ‘हामीकहाँ स्थानीयले गुनासो गरेका छन्,’ उनले भने, ‘नालीको विषयमा हामी कुरा राख्न जिल्ला इन्जिनियरकहाँ जादैँ छौ ।
प्रमुख जिल्ला इन्जिनियर नारायण बरालले स्टीमेट अनुसार काम गरेको बताए । ‘नालामा ढलान त्यसरीनै हुन्छ,’ उनले भने, ‘स्टीमेट अनुसार काम भएको छ ।’ वल्र्ड बैंकले दिएको प्रोजेक्ट अनुसार काम भएको उनले दाबी गरे ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.