www.tandavnews.com
Fact ~ In search of truth

निर्माणाधिन एयरपोर्ट पुगेर मन्त्री चुमानले भने‘राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न सहयोग हुन्छ’

पोखरा

प्रदेश नं ४ मा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु तोकिएकै समयमा पुरा गराउन आफुहरुको पुरै साथ र सहयोग रहने आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले प्रतिबद्धता जनाएका छन ।

पोखरामा र्निमाणाधिन अबस्थामा रहेको अन्र्तराष्ट्रिय बिमानस्थललको र्निमाण कार्यमा भएको प्रगतीको बारेमा अबलोकन तथा निरिक्षणका लागि बिमानस्थल पुगेको चुमानले प्रदेशको संबृद्धि र बिकासका लागि अहिलेको प्रदेश सरकार संबेधनशिल भएर लागीरहेकाले कुनै पनि सञ्चालित आयोजनाहरुमा सुरक्षा तथा अन्य सहयोग आबस्यक परेमा सरकार सहयोग गर्न तयार रहेको बताएका हुन ।

Batas

देश संघिय संरचनामा पहिलो पटक गएकाले यसको सस्थागत गरेर बिकासको मुल फुटाउने जिम्मा अहिलेको सरकारलाई रहेको उनको भनाई थियो । उनले प्रदेश ४ लाई नमुन प्रदेश बनाउने आफुहरुको लक्ष भएको बताए । ‘सबै प्राकृतिक स्रोत साधन छ, , अब यसको समुचित प्रयोग र बिकास आबस्यक छ’उनले भने ।

त्यसका लागि अन्तराष्ट्रिय बिमानस्थल र्निमाण हुनुले ठुलो अर्थ राख्ने उनको भनाई थियो । बिमानस्थल र्निमाण पछि बिकासका अन्य संभावना पनि संगै जोडिने भएकाले र्निमाण कार्यमा कत्तिपनि ढिलाई नआयोस भन्नेमा आफु चिन्तीत रहेको उनले स्पष्ट पारे ।

मन्त्री चुमानले बिमानस्थलमा हाल र्निमाण भैरहेको रनवे तथा अन्य स्थलहरुको निरिक्षण गरेका थिए । सो अबसरमा आयोजनाका ईन्जीनियर बिनेस मुननकर्मिले हाल भैरहेको कार्य प्रगतीको बारेमा ब्रिफिङ्ग गरेका थिए । उनका अनुसार हाल रनवे सम्याउने काम भैरहेको छ ।

उक्त कार्य २५ प्रतिशत सम्पन्न भएको बताइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.