www.tandavnews.com
Fact ~ In search of truth

जनप्रिय क्याम्पसका विद्यार्थीद्धारा सरसफाइ कार्यक्रम

पोखरा
ताण्डव संवाददाता

स्वतन्त्र विद्यार्थी यूनियन जनप्रिय वहुमुखी क्याम्पसले आज सरसफाइ कार्यक्रम गरेको छ । स्ववियूको पहिलो वार्षिकोत्सवको अवसरमा सरसफाई कार्यक्रम गरिएको स्ववियूका अध्यक्ष आशिक गुरुङले बताए ।

विद्यार्थी रञ्जता रेग्मी र गोविन्द महतको संयोजकत्वमा रत्नचोकदेखि एयरपोर्टसम्म सरसफाइ गरिएको हो । वार्षिकोत्सवको अवसरमा बुधबार सविना तिमिल्सिना र करुणा गुरुङको संयोजकत्वमा रक्तदान कार्यक्रममा रहेको छ ।

Batas

विद्यार्थी अमृत क्षेत्री र किसान थापाको संयोजकत्वमा बिहीबार बालआश्रम तथा बृद्धाश्रममा सहयोग गर्ने कार्यक्रम रहेको छ ।

साथै शुक्रबार धुवराज अधिकारी र रञ्जना अधिकारीको संयोजकत्वमा वार्षिकोत्सव कार्यक्रम तथा विविए कप फुटबलमा प्रथम हुन सफल विविए टिमलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.