पोखरा
ताण्डव संवाददाता
विभिन्न ठाउँबाट पोखरा आएर संगीतमा लागि परेका सुगम संगीतका महिला कलाकार संगठित हुन थालेका छन् । महिला–महिला कलाकार बीचको दुरीलाई नजिक ल्याउन र पछाडि परेका महिला गायिकालाई अगाडि ल्याउन सहयोग गर्नको लागि संस्था स्थापना गरेका छन् ।
‘हार्मोनी द मोर्डन सङस्टेसस अफ पोखरा’ नामक संस्था स्थापना गरी छरिएर रहेका महिला कलाकारलाई एकिकृत गराई अवसर प्रदान दिनु संस्थाको मुल उद्धेश्य हो । गायिका इतु जोजिजुको अध्यक्षतामा संस्था खोलिएको छ ।

महिला कलाकारमा हुने विभिन्न समस्या र होच्चाईले गर्दा उनले संस्थागत रुपमा संगठित हुनुपर्ने अवस्था आएको अध्यक्ष जोजिजुले बताइन् । संगठनले महिला कलाकारलाई संगठित गराई मेला महोत्सवमा समावेश हुने वातावरण सिर्जना गराउनेमा पहल गर्ने उनले प्रस्टाइन् । झन्डै ढेड वर्ष पहिले जोजिजुले संस्थाको परिकल्पना गरिन । उनले नाम समेत जुराइन्, ‘टेक्स्ट अफ हार्माेर्नी ।’ फेसबुकमा रहेका महिला कलाकारसँग कुरा राख्दा राम्रै सर्पोट पाइन् ।
आफ्नो निर्णयलाई कौशल्या गुरुङ र रुवी गौलीले सर्पोट गरेको उनले सुनाइन् । उनले जुराएको नामलाई छलफलबाट सच्चायर ‘पोखरा फिमेल सिङगर’ राख्ने निधो भयो । तर, सुगम संगीत मात्र छुट्याएर नाम राख्नको लागि उक्त नाम उपयुक्त जस्तो नलागेपछि अन्ततःप्रकाश शायमीको सल्लाह लिन पुगे । उनैले नाम जुराए, ‘हार्मोनी द मोर्डन सङस्टेसेस अफ पोखरा ।’ हार्मोनीले म्युजिकलाई पनि छोएको र अर्को अर्थमा सवै मिलेर एकजुट भएर संगीतमा सेवा गर्ने बुझिन्छ ।
नेपालभर विभिन्न ठाउँमा हुने पुरुष सांगीतिक साँझमा महिला कलाकारको पनि साँझ हुनुपर्ने संस्थाको माग छ । ‘महिला कलाकारको पनि छुट्टै सांगीतिक साँझ हुनुपर्छ,’ उनले भनिन्, ‘यस्ता कार्यक्रमले महिलालाई हौसला मिल्ने हुँदा अघि बढ्न सक्नेछन् ।’ महिला कलाकार आवाजमा दोस्रोमा गनिने हुँदा एकल कार्यक्रमको आवश्यक हुनुपर्ने उनले प्रस्टाईन् ।
महिला कलाकारलाई स्टेज कार्यक्रम उपलब्ध गराउनु नै संस्थाको उद्धेश्य रहेको जोजिजुले बताइन् । मेला महोत्सवमा सुगम संगीतका महिला कलाकार धेरै समावेश नगरेको उनको ठम्याई छ । पोखरामा हुने धेरै मेला महोत्सवमा सुगम संगीतका पोखरेली महिला कलाकारलाई नबोलाइएको उनको अनुभव छ ।
मेलामा स्थान दिएपनि पारिश्रमिक न्यून हुँदा निराश हुनुपर्ने अवस्था आएको उनी बताउँछिन् । आगमी दिनमा महिला पारिश्रमिक फिक्स गरी एक अर्कामा अडन्रस्टान्डिङको वातावरण सिर्जना गराउने पहल गर्ने उनले बताईन् । उनका अनुसार यस संस्थाले महिलालाई समस्या, आपत्त, हिंसा भएमा सक्दो सहयोग गर्ने गर्नेछ ।
संस्थाकी कोषाध्यक्ष कौशल्या गुरुङले छरिएर रहेका र अपरिचित गायिकालाई एक बनाउने प्रयासमा जुटेको बताईन् । कला र खुबी देखाउनको लागि राजधानी नै जानुपर्छ भन्ने मान्यतालाई हटाउनको लागि यस्तो प्रयास गरेको उनको भनाई छ । ‘महिला कलाकार आफैमा चुनौती छ, त्यसलाई एकजुट भएर समाधानको बाटो खोजिरहेका छौं,’ उनले थपिन, ‘विशेषत महिला कलाकारलाई परिवारबाटै सर्पोट हुन अत्यान्त जरुरी छ ।’ संस्थाले प्रतिभा भएका गायिकालाई अवसर दिने माध्यम बन्ने उनले औल्याईन् । पोखरामा भएका सुगम संगीतका गायिकालाई खोजी गरी संस्थालाई मजबुद बनाउन लागेको उनले प्रस्टाईन् ।
संस्था दर्ता पूरा गरी विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ । संस्थाले चैत १० गते पोखरामा ‘वेस्टअफ हार्मोनी’ को कार्यक्रम आयोजना गरेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.