www.tandavnews.com
Fact ~ In search of truth

शान्ति सुरक्षामा कुनै कमजोरी हुँदेैन : डिएसपी कार्की

पोखरा
ताण्डव संवाददाता ।

वडा प्रहरी कार्यालय बैदाममा भर्खरै सरुवा भएर आएका डिएसपी नविन कार्कीले बैदामको शान्ति सुरक्षामा कुनै कमी कमजोरी नरहने बताएका छन् ।

सामुदायिक प्रहरीसेवा केन्द्र बैदामले आयोजना गरेको स्वागत तथा होलीमा हुन सक्ने सम्भावित घटना विषयक छलफल कार्यक्रममा डिएसपी कार्की सो कुरा व्यक्त गरेका हुन् ।

Batas

‘शान्ति सुरक्षाका लागि कुनै पनि सम्झौता हामीबाट हुने छैन्,’ उनले भने, ‘कुनै पनि खालका दबाबले हाम्रो काममा अवरोध पुग्ने छैन् ।’ डिएसपी कार्कीले अपराध न्यूनिकरणका लागि सबै सामाजिक संघसंस्था र नागरिकसँग हातेमालो गरेर अघि बढ्ने बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सदस्य तुलसी दाहालले राखेका थिए भने कार्यक्रमको संचालन चेतनारायण पाण्डेले गरेका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.