www.tandavnews.com
Fact ~ In search of truth

चुडामणि शर्माको घरमा तोडफोड

काठमाण्डौं (रासस) ः आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा तोडफोड भएको छ ।
मंगलबार दिउँसो अज्ञात समूहले बूढानीलकण्ठ–२ रुद्रेश्वरमा रहेको शर्माको घरमा ढुंगामुढा गरेको हो । ढुंगामुढाबाट घरमा सामान्य क्षति पुगेको छ ।
महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रमुख एवम् प्रहरी निरीक्षक शेरबहादुर चन्दले ३०र४० जनाको समूहमा आएको समूहले शर्माको घरमा ढुंगामुढा गरेको बताए ।
प्रमुख चन्दले ढुंगामुढा गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए । सोही बेला प्रहरीले नेपाल कम्युनिष्ट पार्टी लेखिएको पर्चासमेत भेटेको छ ।

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.