www.tandavnews.com
Fact ~ In search of truth

दिपिका पादुकोण र इरफान खान नेपाल आउने

बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता इरफान खान नेपाल आउने भएका छन् । विशाल भारद्वाजको निर्देशनमा बन्ने फिल्मको छायाँकनको लागि उनीहरु नेपाल आउने भएका हुन् ।
दिपिका र इरफान तीन वर्षपछि एकसाथ देखिन लागेका छन् । यसअघि सुजित सिरकारको कमेडी ड्रामा ‘पिकु’मा उनीहरुले स्क्रिन सेयर गरेका थिए ।
टि सिरिज, विशाल ब्यानर र क्रिआर्ज इन्टरटेन्मेन्टले संयुक्त रुपमा फिल्मको निर्माण गर्ने भएको छ ।
क्रिआर्ज इन्टरटेन्मेन्टकी प्रेरणा अरोराले फिल्म नेपालमा छायाँकन हुने बताएकी छन् । उनका अनुसार फिल्मको सुटिङ मार्च ५ मा नेपालमा हुनेछ ।
फिल्म उपन्यास ‘माफिया क्विन्स अफ मुम्बई’ मा आधारित हुने बताइएको छ। फिल्मको प्रदर्शन मिति भने तय भएको छैन् ।

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.