www.tandavnews.com
Fact ~ In search of truth

बजेट अभाव हुँदा समस्या

पर्वत, २५ माघ । राज्य पुनःसंरचनापछि साविकका गाविसहरूमा बजेट विनियोजन नहुँदा समस्या भएको छ । चुनावका बेला विकास निर्माणसम्बन्धी गरेका प्रतिबद्धता पूरा हुन गाह्रो हुने भएपछि वडाअध्यक्षहरूलाई समस्या परेको हो ।
पहिलेका गाउँ विकास समिति अहिले वडामा रुपान्तरण भएका छन् । विगतका वर्षहरुमा गाविस स्तरीय योजना छनोटमा स्थानीय निकै उत्साहित हुन्थे । स्थानीय तह कार्यान्वयनसँगै गाउँ÷नगरसभाले पास गरेका योजनामा गाउँलाई छुने स–साना योजना नहु“दा स्थानीय निराश छन् ।
विगतका वर्षहरूमा ४० देखि ५० र ६० लाख रूपैयाँसम्म बजेट जाने वडा (साविकका गाविस) मा अहिले बजेट कम छ । अघिल्लो वर्ष ३२ लाखका योजना परेको फलेवास नगरपालिका वडा नं. ३, शंकरपोखरीमा यो वर्ष साढे ४ लाख मात्रै बजेट आएको वडााध्यक्ष अर्जुनबहादुर कार्कीले जानकारी दिए । नगरसभाले वडास्तरका योजना छनोट नगरि चालूतर्फ साढे चार लाखदेखि छ लाख सम्मको बजेटमा सीमित राखेको छ ।
गाउँमा स–साना धारा मर्मत, ऐतिहासिक महत्वका कुवा–पँधेरा सुधार, गोरेटो बाटो निर्माणजस्ता विषय नगरपालिकाको प्राथमिकतामा परेका छैनन् । यसले स्थानीयवासीमा निराशा बढेको स्थानीय जनप्रतिनिधिहरुले जनाएका छन् । कतिपय स्थानीय तहमा वडाअध्यक्ष र प्रमुखहरुबीच टुक्रे योजना र साझा योजनाबारे विवाद बढ्दै गएका छन् । योसँगै स्थानीय स्तरमा गरिएका प्रतिवद्धताहरु पूरा नहुने भएपछि वडाबासीसमेत निराश बनेका छन् ।

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.