ताण्डव सवाददाता
पोखरा, २८ माघ
‘महाशिवरात्री साँगीतिक कार्यक्रम’ तयारी पूरा भएको छ । शिवरात्रीको अवसरमा लेकसाइड हल्लनचोकमा फागुन १ साँझ ६ बजेदेखि प्रस्तुति रहने सत्याकृत व्याण्डका म्यानेजर विजय गौतमले जानकारी दिए ।

फ्लाइङ बुद्ध प्याराग्लाइडिङ र टिम फाइभ नेपाल प्याराग्लाइडिङको मुख्य आयोजना तथा सामुदायिक सेवा केन्द्र वैदामको सहयोगमा हुन लागेको साँगीतिक साँझमा सत्याकृत व्यान्डले प्रेरणादायी, सकारात्मक भाव सहितका शब्द संयोजनका पूर्वेली, पश्चिमेली शैलीका गीत, भजन प्रस्तुत गर्ने गौतमले जानकारी दिए ।
व्यान्डले झन्डै दुई घण्टा प्रस्तुति दिनेछ । व्याण्डको प्रस्तुति हेर्नकोे लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ‘हरेक उमेर वर्गका व्यक्तिहरुलाई मन पर्ने प्रस्तुति दिनेछौं,’ गौतमले भने, ‘ शिवरात्रीमा नो गाजा नो भाङ त्यहाँ भक्तीको खाजामात्र पस्किनेछ । भक्तीको नसामा डुवेर कार्यक्रम हेर्न पाउनु हुनेछ । ’
‘युवाहरुमा नैतीक जागरण तथा संस्कृति जगेर्ना गर्ने सकारात्मक पहल’ नारा लिएर उदाएको नेपालको पहिलो र एकमात्र आध्यात्मिक सांगीतिक व्याण्ड ‘सत्याकृत व्याण्ड’ रहेको म्यानेजर गौतमले बताए । विगत ५ वर्ष अघि स्थापना भएर नेपालभित्रका मुख्य सहर धरान, इटहरी, सर्लाही, विराटनगर, नारायणगढ, खाडी चौर, चरीकोट, पोखरा,दमकलगायतविभिन्न स्थानहरुमाऔपचारिक तथाअनौपचारिक प्रस्तुतिदिइसकेको गौतमले बताए ।
उनका अनुसार नेपालबाहिर दार्जिलिङका विभिन्न स्थानहरुमा समेत आफ्नो प्रस्तुति देखाइसकेको छ ।
शिवरात्री साँगीतिक कार्यक्रममा टी टाइम रेष्ट्रो, पोखरा पिज्जा, साधना योगा रिट्रिट, नेपालप्याराग्लाइडिङ पाइलट क्लब, खहरे दाजुभाई युवाक्लब, खहरे आमा समूह, बाबु एड्भेन्चर स्कुलले कार्यक्रमलाई सपोर्ट गर्ने फ्लाइङ बुद्ध प्याराग्लाइडिङका सञ्चालक प्रेम बसेलले जानकारी दिए ।
© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.