www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : अष्ट्रेलियामा नर्सिङ पढ्न ईच्छुकका लागि ‘मेट्स’को सेमिनार

पोखरा
ताण्डव संवाददाता ।

मेट्स ईन्टरनेश्नल एजुकेशन एण्ड भिजा सर्भिसेस पोखरा शाखाले फाल्गुन ५ गते शनिवार न्यूरोड स्थित कार्यालयमा सेमिनार संचालन गर्ने भएको छ ।

‘इन्ष्टिच्यूट अफ हेल्थ एण्ड नर्सिङ अष्ट्रेलिया’ कलेजमानर्सिङ विषय लिई अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुलाई मध्यनजर गर्दै सेमिनार आयोजना हुने भएको हो ।

Batas

अष्ट्रेलियन कलेजका नेपालका लागि मार्केटिङ म्यानेजर राजु पौडेलको उपस्थितीमा विद्यार्थीले आफू जान चाहेको कलेजसँग सम्बन्धित विषयगत जिज्ञासा एवं अष्टे«लियाको बसाई र अध्ययनको बारेमा जानकारी उपलब्ध गराईने पोखरा शाखाकी अपरेटिङ डाईरेक्टर मनिषा पौडेलले जानकारी गराईन ।

सेमिनारमा सहभागि हुनका लागि साईन्स वा व्यवस्थापन विषयमा ५८ प्रतिशत ल्याई प्लस टू पास गरेको हुनुपर्ने र आईइएलटिएस भाषा परिक्षामा ६.५ स्कोर ल्याएको विद्यार्थी सहभागि हुन पाउने पोखरा शाखाका म्यानेजिङ डाईरेक्टर देव क्षेत्रीले बताए ।

अष्टे«लिया स्थित ब्रिस ब्यान सिटीमा मुख्य कार्यालय रहेर सेवा प्रदान गर्दै आईरहेको मेट्स एजुकेशनको काठमाण्डौंमा २, पोखरामा १, चितवनमा १, पर्सामा १, बुटवलमा १ गरी नेपालमा ६ वटा शाखाबाट अष्टे«लियाको अध्ययन सम्बन्धि विद्यार्थीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

मेट्स ईन्टरनेश्नल एजुकेशन एण्ड भिजा सर्भिसेस पोखरा शाखामा आईएलटिएस पढ्नका लागि शाखाले हाल बिहान १० देखि दिउँसो ४ बजेसम्मको जुनसुकै समयमा विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरी भाषा परिक्षा तयारी कक्षा समेत संचालन गर्दै आईरहेको छ ।

सन् २००७ मा अष्टे«लिया र काठमाण्डौंबाट एकसाथ सेवा विस्तार गरेको मेट्स एजुकेशनले हालसम्मको अवधिमा १० हजार भन्दा बढी नेपाली विद्यार्थीहरुलाई सेवा प्रदान गरिसकेको पोखरा शाखाका प्रमुख क्षेत्रीले बताए ।

मेट्सको पोखरा न्यूरोड स्थित एन.एम.बी बैंककोएक तला माथिकार्यालय रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.