www.tandavnews.com
Fact ~ In search of truth

पोखरा म्याराथनमा तीन हजार पोखरेली दौडने

पोखरा ।

यहि फागुन ७ गते पोखरामा आयोजना हुने ‘१२ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा’ तिन हजार भन्दा बढी पोखरेलीहरु ‘रन फर फनका’ लागि पोखरा रंगशालामा एकै साथ दौडने भएका छन ।

आयोजक भूतपुर्ब खेलाडी मंच नेपालले यसको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । पोखराको प्रतिष्ठित खेलको रुपमा स्थापित पोखरा म्याराथनलाई सुजल डेरी उधोगको उत्पादन सफल दुधले दुई वर्ष देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ ।

Batas

मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले पोखरा म्याराथनमा २५ जना, १० किमी महिलामा २५ जना, १० किमी पुरुषमा ७५ जना, ५ किमि छात्रमा १ सय ८० जना, ५ किमी छात्रामा १ सय जनाले शुक्रबार सम्म नाम दर्ता गराइसकेको बताए ।

यसै गरि ४ सय मी.ह्विल चेयर पुरुष, १ ससय मी. ह्विल चेयर महिला र १ सय मी. दृष्टिविहिन दौडको दर्ता कार्य पनि जारी रहेको उनले बताए ।

अध्यक्ष गुरुङले विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुरुपनै यस सुन्दर पर्यटकीय नगरी पोखरालाई पनि खेलकुदका विश्व मानचित्रमा स्थापित गराउनु रहेको बताउँदै पोखरालाई खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न र वर्षको एक दिन यस प्रतियोगितालाई सहरकै उत्सवको रुपमा मनाउन म्याराथन प्रतियोगिताको आयोजना गरिएको स्पष्ट पारे ।

पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रतियोगितालाई थप ब्यवस्थित बनाउन योजनाबद्ध तवरले काम थाल्ने बताए । ‘महानगरले महत्वका साथ यसका लागि सहयोग गर्नेछ र यसलाई वार्षिक क्यालेण्डरमा पार्नेछौ’ उनले भने, ‘पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरको रुपमा अगाडी बढाउन संबेदनशिल ढङले सोच्नुपर्छ ।’

आयोजक मंचका अनुसार पोखरा रंगशालाबाट सुरुहुने ४२ .१ किमीको म्याराथन दौड विरौटा चोक (तल्लो), राष्ट्रवैंक चोक सहिदचोक, बशुन्धरा पार्क, हल्लनचोक, जिरो किमी, सिम्पानी चोक, भिमकालीपाटन चोक, महेन्द्रपुल, विपी चोक, नयाँ सडक, सभागृह चोक, पृथ्वी चोक, नयाँ बजार महेन्द्रपुल, रानीपौवा, पुरानो धारा, गौडामुख, भद्रकाली चोक, मियाँपाटन चोक, वि.पि. मार्ग, के.एम.ए चोक, चाउथे डि.आर पेट्रोलपम्प, चाउथे चोक, गलेश्वर चोक, रामेश्वर मा.वि., मझेरीपाटन चोक, निराजन चोक, फुलबारी होटल चोक, ढुङ्गेसाँघु चोक, महतगौडा चोक, हनुमान चोक, अन्तर्राष्ट्रिय म्युजियम, घारीपाटन बिरौटा चोक (माथिल्लो), राधा कृष्णा मन्दिर, नयाँ गाउँ (सेन्ट मेरिज स्कूल चोक), बन क्याम्पस, नयाँ एयरपोर्ट, कालिका क्याम्पस गेट, भारतिय पेन्सन क्याम गेट, तमु धीं यू.के. गेट पोखरा रंगशाला हुदै रंगशालामा पुगेर समापन हुनेछ ।

यसै गरि १० किलोमिटरको दौड पोखरा रंगशालाबाट सुरु भई विरौटा चोक (तल्लो), राष्ट्रवैंक चोक सहिदचोक, बशुन्धरा पार्क, हल्लनचोक, जिरो किमी, सृजनाचोक, सभागृह चोक, पृथ्वीचोक हुँदै रंगशालामा पुगेर समापन हुनेछ भने ५ कि.मी. दौड रंगशालाबाट सुरुभई पृथ्वीचोक, एअरपोर्ट हर्कचोकबाट दाहिने हुँदै जनप्रिय क्याम्पस, रत्नचोक, सृजनाचोक, सभागृहचोक, पृथ्वीचोक, रंगशालागेट हुँदै रंगशालामा समापन हुनेछ ।

पोखरा म्याराथनको विशेष सहयोगीमा पोखरा लेखनाथ महानगर पालिका रहेको छ भने सह प्रायोजकमा एड्भेन्चर स्पोर्ट्स नेपाल प्रा.लि., गण्डकी बिकास वैंक लि.,उप प्रायोजकमा लुम्विनी विकास वैंक लि., सहारा युके रहेका छन ।

प्रतियोगिताको प्राविधक सहयोगीमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती, कास्की जिल्ला खेलकुद विकास समिती र साइकल सिटी पोखरा र सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद, ट्रेनर नेपाल, पोखरा टेलिभिजन लगायत संस्थाहरु रहेको आयोजकले जनाएको छ ।

फागुन ७ गते बिहान ठिक ६ बजे सुरु हुने पोखरा म्याराथनमा प्रथम हुनेले ७० हजार रुपैयाँ, दोश्रोले ४५ हजार रुपैयाँ, तेश्रोले ३० हजार रुपैयाँ र चौथोले सान्त्वना स्वरुप नगद ५ हजार प्राप्त गर्नेछन् । १० कि.मी. पुरुष–महिला दौडमा प्रथमले १५ दोश्रोले १० र तेश्रो हुनेले ५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

यसै गरि ५ किलोमिटर छात्र–छात्रा प्रथमले १०, दोश्रोले ७ र तेश्रो ४ हजार रुपैयाँ प्राप्त गर्ने मंचले जनाएको छ ।

प्रतियोगितामा ४ सय मिटर ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहिन दौडमा विजेता प्रथम, दोश्रो र तेश्रोले क्रमश नगद ५, ३ र २ हजार रुपैयाँ पाउने छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.