
पोखरा ।
कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा बतास व्रदर्श प्राली द्वारा प्रायोजित ‘टिभिएस आरटिआर दोश्रो राष्ट्रिय भेट्रान बास्केटबल’को उपाधी काठमाडौ ठमेल युनाइटेडले हात पारेको छ ।
उसले उपाधी संगै नगद ५५ हजार ५ सय ५५ समेत प्राप्त गरेको छ । ठमेल युनाइटेडले यो समेत दोश्रो पटक उपाधी माथी कब्जा जमाएको हो ।

उपाधीका लागि फाइनल खेलमा ठमेल युनाइटेडले पश्चिमाञ्चल भुपु सैनिक खेलकुद संघलाई ६७–५० को स्कोरमा पराजित गरेको हो । ठमेललाई उपाधी दिलाउन प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका कर्मा गुरुङ एक्लैले ३० स्कोर गरेका थिए ।
प्रतियोगिता उपबिजेता बन्दै पश्चिमाञ्चल भुपु सैनिक खेलकुद संघले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त ग¥यो । प्रतियोगितामा सर्वाधिक स्कोर गर्ने खेलाडीका रुपमा पश्चिमाञ्चल भुपु सैंनिक खेलकुद संघका सन बहादुर बुदुजा पुन घोषित भए । उनलाइ ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा बिजेता टिम तथा खेलाडीलाई बतास व्रदर्श प्रालीका निर्देशक विपेन्द्र राज बतास, प्रतियोगिताका संयोजक नाराणय प्रसाद शर्मा, वरिष्ठ समाजसेबी कर्नल जेपी क्रस, हिसान कास्कीका अध्यक्ष रामजी प्रसाद शर्मा, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, नेपाल भलिबल संघका सचिव डिबी नेपाली, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष केशब पाठक, बास्केटबल संघ कास्कीका सचिव ध्वज कुमार गुरुङ लगाएतले खेलाडीलाई नगद, ट्रफी, पदक र प्रमाणपत्र वितरण गरेका थिए ।
कास्की जिल्ला बास्केटबल संघका नेत्र बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा बतास व्रदर्श प्रालीका निर्देशक विपेन्द्र राज बतासले आगामी दिनमा समेत आफ्नो तर्फ बाट खेलकुद बिकासका लागि सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
४० वर्ष उमेर समुह भन्दा माथी सहभागी उक्त प्रतियोगितामा पश्चिमाञ्चल भुपु सैनिक खेलकुद संघका ५८ वर्षिय पाका खेलाडी दल बहादुर पुनलाई समापन कार्यक्रममा सम्मान गरिएको थियो ।
फागुन ३ गते बाट सुरु भएको भएको प्रतियोगितामा विभिन्न जिल्ला र स्थानिय गरि ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितालाई पोखरा लेखनाथ महानगर पालिकाले सह प्रायोजन गरेको थियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.