www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश चार स्तरीय सितोरियो कराते पोखरामा सम्पन्न

पोखरा
ताण्डव संवाददाता ।

प्रदेश चार स्तरीय सितोरियो करातेको दिक्षान्त कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ । पोखरा रंगशालामा फागुन २ देखि सुरु भएको दिक्षान्त कार्यक्रम आज सम्पन्न भएको हो ।

नेपाल सितोरियो कराते महासंघको आयोजना र सितोरियो कराते संघ कास्कीको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा १ सय ६९ जना खेलाडीको सहभागिता रहेको कास्की अध्यक्ष सुरेन्द्रकुमार गुरुङले बताए । दिक्षान्तमा पहिलो दोस्रो र तेस्रो डनका खेलाडीहरु सहभागिता थिए ।

Batas

कार्यक्रमा नेपाल कराते महासंघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य दावा गुरुङले खेलले राष्ट्रको पहिचान बनाउन र बढाउन सक्ने बताए । गुरुङले करातेमा नेपाली खेलाडीहरुलाई निकै राम्रो मान्ने भन्दै देशको गौरव बढाउन खेलाडीले ठूलो भूमिका खेलेको बताए ।

पाँच दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा सितोरियो करातेका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ, नेपाल कराते महासंघका बरिष्ठ साहयक मुख्य प्रशिक्षक तुल्सीकुमार महार्जन, प्रशिक्षक जसबहादुर पुन, सुरेन्द्र कुमार गुरुङ, जीवन मल्ल, धन लामा र अभिमान गुरुङले प्रशिक्षण दिएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.