www.tandavnews.com
Fact ~ In search of truth

तास खेल्दै नेपाली भाषा सिक्दै

पोखरा
ताण्डव संवाददाता ।

नेपाली भाषालाई विदेशमा रहनेहरुमाझ प्रवद्र्धन गर्नको लागि ‘नेपाली वर्णमाला’ कार्ड गेमको परिकल्पना गरिएको छ । हाल हङकङ बस्दै आएका बरदान गुरुङ र तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ (स्याङजाली कान्छा दाई) ले नेपाली वर्णमालालाई तासको डिजाइन गरेका छन् ।

स्वर, वर्ण व्यन्जनलाई कार्डमा डिजाइन गरेर बच्चाहरुले खेल्दै नेपाली भाषा सिक्न सजिलो हुने परिकल्पनाकार बरदान गुरुङले बताए । यस कार्डमा क देखि ज्ञ, अ देखि अः र ० देखि ९ सम्म कार्डमा डिजाइन गरिएको छ । विदेशमा रहेका नेपालीको बच्चाहरुले भाषा जानुन भनेर वर्णमाला कार्डको डिजाइन गरेको गुरुङले बताए ।

Batas

उनका अनुसार यो कार्ड डिजाइन यही अगष्टबाट सुरु गरिएको थियो । ‘सुरुको परिक्षणमा एक हजार प्रति प्रकाशनमा ल्याएका छौं,’ उनले भने, ‘यसको माग विस्तारै बढ्दै गएको छ । अन्य देशबाट पनि डिमान्ड आएको छ ।’ विभिन्न देशका एनआरएनहरुले वर्णमालाको कार्ड बिक्री गर्ने भन्दै माग गरेको उनले सुनाए ।

केही समयको लागि नेपाल आएका गुरुङ विदेशमा नेपाली भाषाको आवश्यकता देखेरनै कार्ड बनाउनुपरेको खुलाए । ‘यस्तो कार्डबाट बच्चाले तास खेलेझै गरी नेपाली भाषा, बोल्न लेख्न सजिलो हुन्छ,’ उनले भने, ‘पढ्दा दिमागमा नआउन पनि सक्छ तर यसरी अक्षर समावेश गरिएको तास खेलेर जान्न सकिन्छ । मनोरन्जनबाट शिक्षा आर्जन गर्न सकिन्छ ।’ यस्तो कार्ड हङकङमा डिजाइन गरेर चाइनाबाट प्रिन्ट गरिने गुरुङले बताए ।

लामो समय हङकङ बस्दै आएका पोखरा सिमलचौरका गुरुङले यूके रहेकी भान्जीले राम्रोसँग नेपाली बोल्न नजान्जा यसको आवश्यकता देखेको बताए । ‘बच्चाहरु उतैको भाषा बोल्ने गर्छन्,’ उनले भने, ‘नेपाली भएर नेपाली भाषा बोल्न सिक्नुपर्छ भनेर यसको परिकल्पना गरेको हो । यसमा कान्छा दाईको सर्पोटले सम्भव रह्यो ।’

उनले उक्त कार्ड बच्चाहरुको शैक्षिक सामाग्री भएको प्रस्टाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.