पोखरा
ताण्डव संवाददाता
वी क्यान डू इट (सहयोगी हातहरु)ग्रुपको दोस्रो मेम्बर मिटिङको अवसरमा बिहीबार विन्दवासिनी मन्दिर परिसर सरसफाइ एवं डस्बिन वितरण कार्यक्रम गरेको छ ।
फेसबुक मार्फत ग्रुपमा जोडिएका वी क्यान डू इट गु्रपले युवाहरुमा सामाजिक उत्तरदायित्व नारा सहित मन्दिर सरसफाइ गरेको हो ।

कार्यक्रममा एड्स रोग नियन्त्रण संघ कास्कीमा अध्यक्ष विश्वमोहन गौचनको प्रमुख आथित्य रहेको थियो । कार्यक्रममा बोल्दै गौचनले युवाहरुको सरसफाइ अभियानले सामाजिक चेतनाको विजारोपण गर्न सफल रहेको औल्याए ।
कार्यक्रममा बोल्दै विन्दवासिनी धार्मिक क्षेत्र विकास समितिका कोषाध्यक्ष सुर्य प्रसाद सुवेदीले सांस्कृति तथा धार्मिक सम्पदाहरु सबै मानव जातिको साझा परिचयको थलो भएकाले सबैले हातेमाले गरी यसको संरक्षण र सम्बद्र्धनमा जोड दिन आग्रह गरे ।
क्लवका अध्यक्ष जगत ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राज हमालले स्वागत मन्तव्य राखेका थिए । यसैगरी क्लवको बारेमा थप जानकारी दिँदै ग्रुपका एड्मिन सुवास पौडेल र इन्दु शर्माले ग्रुपको बारेमा धारणा व्यक्त गरेका थिए । कार्यक्रम संचालन ग्रुपका सचिव जीवन आचार्यले गरेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.