www.tandavnews.com
Fact ~ In search of truth

बाँकेमा विष खुवाएर श्रीमान्को हत्या गरिन् ‘पतंगी गडरिया’ले

खजुरा, बाँके(रासस)

बाँके जिल्लामा मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने श्रीमान्लाई आफ्नै श्रीमतीले विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ ।

बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले आफ्नै ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई सर्वतमा सेल्फास नामक विष हालेर खुवाउँदा उनको मृत्यु भएको हो ।

Batas

बिहीबार विष खुवाएर मृत्यु भएपछि गाउँ नजिकै खेतमा शवलाई जलाउन लगेको बेला गाउँलेले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनामा प्रत्यक्ष संलग्न रहेका श्रीमती पतंगी र आफन्त भारत जिल्ला बहराइचका ४० वर्षीय कुन्नु गडरियालाई पक्राउ गरेको छ ।

घटना रहस्यमय भएकाले संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताउनुभयो । उहाँले मृतक कुर्कुटले लामो समयदेखि मादक पदार्थ सेवन गरेर आफूलाई कुटपिट गरी यातना दिएकाले सहन नसकेर श्रीमान्को हत्या गरेको पतंगीले प्रहरीसमक्ष स्वीकारेकी बताउनुभयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.